प्रतिनिधि सभामा वाम गठबन्धका माओवादी उम्मेदवार सुदन किराँतीले १९८८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीले १५९४ मत ल्याएका छन् ।
शुरुवाती अग्रता रायमाझीले लिए पनि यतिबेला किराँतीले अग्रता लिन थालेका छन् ।
त्यस्तै प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले ८३४ मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङले ५४१ मत ल्याएका छन् ।
त्यस्तै प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले ४०२४ ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले १४६० मत प्राप्त गरेका छन् ।