जनता टाइम्स साप्ताहिक यही बैशाख १८ गतेदेखि ९ बर्ष पुरा गरेर १० औं बर्षमा प्रदेश गरेको छ । वितेका ९ बर्षको आरोह अवरोह, अनेक, हण्डर र समस्यासाग जुध्दे हामी यहाँसम्म आईपुगेका छौं । मफोसलमा रहेर ग्रामिण पत्रकारिता गरिरहदा निश्चय नै ठूलो चुनौतीको ामाना गनुृ परिरहेको हुन्छ । त्यो चुनौतीसँग पौठेजोरी खेल्दै, समास्याका पर्खालहरु भत्काउदे हामी निरन्तरताको १० औं बर्ष पुगेको खवर सुनाउन पाउदा पुल्कितसमेत भएका छौ ।
ग्रामिण समाजको उत्थान, कृषकको समस्या, स्वस्थ्य समाज निर्माण, शहरीकणलाई प्राथाकितासँगै समाजका विकृत पक्षलाई उजागार हाम्रो मिशन हो । यही एजेण्डासँगै लोकतन्त्र रक्षा र संविधान कार्यन्वयनका लागि हामीले मुख्य मुद्धा बनाएका छौ । आगामी दिनमा पनि यि जनताका एजेण्डा हाम्रो प्राथामिकतामा रहिरहनेछन् ।
स्थानीय तह, प्रदेश सरकार गठन भएका छन् । अवको हाम्रो यात्रामा यि निकायलाई बलियो, मजबुद बनाउने र जनताको काम गर्न सधै खवरदारी गर्ने जिम्मेवारी पनि थपिएको हामीले महसुस गरेका छौं । स्थानीय तहलाई जनमैत्री कसरी बनाउन सकिन्छ । गाउँगाउामा सिंहदरवार आएको अनुभूति कसरी गराउन सकिन्छ, यसका लागि पनि हाम्रो पहल र खवरदारी हुने छ ।
जनतालाई सूसुचित गर्ने, विकृत र विसंगती विरुद्ध खवरदारी गर्ने बाहेकको हामीले अरु खासै व्यसायीक प्रगति भने गर्न सकेका छैनौं । २०७४ सालको उपलब्दी भनेको हामीले यस साप्ताहिकको अनलाईन संस्करण शुरु गरेका छौ । हाम्रो पत्रिकाको पँहुच नपुगेका स्थानमा अनलाईन संस्करणमा इ–पेपर राख्ने व्यवस्था गरेका छौ । www.janatimes.com लग अन गरेर संसारभरबाट जनता टाइम्स पढ्न सकिन्छ ।
हामीलाई यहाँसम्मको यात्रामा सहयात्री बनेर भरपुर सहयोग गर्ने विज्ञापनदाता, शुभचिन्तक, पाठक, लेखकसँगै यस साप्ताहिकसँग आवद्ध व्यवस्थापकीय तथा साम्पादकीय टिम धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरुको सहभागीता र सहयोगले यात्रा निरन्तर चलेको छ । आगामी दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा हामीले गरेका छौ ।