• अन्सार अन्सारी

सुनसरी, भुटाहा / सुनसरीको दक्षिणवर्ती गाउँपालिका हरिनगर वडा नं. १ मा युवाहरुलाई लक्षित गरी ३ महिने सीपमूलक कम्प्यूटर तालिम सुरु गरिएको छ । युवाहरुलाई स्वरोजगार बनाउन कम्प्यूटर तालिमको आयोजना गरिएको हरिनगर गाउँपालिकाको कार्यपालिका सदस्य शुशील ठाकुरले बताए । ‘हाम्रो गाउँ अति पिछाडीएको छ । यहाँका युवाहरु सीपै नसिकी विदेश पलायन भईरहेक छन् । बेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन तालिम दिएका हौ ।’–ठाकुरले भने ।
युवाहरुलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा १५ जना युवाहरुको सहभागीता रहेको थियो । मल्टिटेक कम्प्यूटर ट्रेनिङ्ग सेन्टरको पविधिक सहयोग तथा हरिनगर गाउँपालिका वडा नं. १ को सहयोगमा सो कार्यक्रम सुरु भएको प्रशिक्षक नेसार अहमद ले बताए । सो कार्यक्रमको अतिथीहरु हरिनगर गाउँपालिका वडा नं. १ को वडा सदस्यहरु रिनोद कुमार बहरदार , राजिन्द्र प्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।

20180506_134142