काठमाडौँ /  सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले हिजाे विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट १०, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभे्रपलाञ्चोकबाट तीन तीन जना र कालीकोटबाट दुई जनालगायत छन् ।
गृहमन्त्रालयले अन्य जिल्लाबाट पनि पक्राउ परेकाको विवरण आउनेक्रम जारी रहेकाले यो संख्या बढ्नसक्ने जनाएको छ । सप्तकोशी बस व्यवसायी संघ, कोशी बस व्यवसायी संघ, मेची बस व्यवसायी संघ, सगरमाथा बस व्यवसायी संघ, चितवन यातायात बस व्यवसायी संघ, काभ्रे मिनीबस बस व्यवसायी संघ, कालिका यातायात सञ्चालक समिति, पश्चिम यातायात बस व्यवसायी समिति, कर्णाली बस व्यवसायी संघ, कर्णाली रिभर यातायातलगायत यातायात समितिका पदाधिकारी पक्राउ परेका हुन् ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सवारी साधन चलाउने र एकाधिकार अन्त्यको सरकारको निर्णयमा समर्थन गर्ने कागज गरेमा मात्रै पक्राउ परेकालाई छाडिनेछ । सो कागज गर्न नमानेमा पक्राउ परेकालाई अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारवाही अघि बढाइने जानकारी उनले दिए ।

सरकारले आक्रमक भएर पछि आन्दोलनरत

सरकारले आक्रमक भएर सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् । सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरु शनिबारबाटै यातायात सञ्चालन गरेका छन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबारबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् । कर्माचार्यले शनिबारको मितिमा शुक्ररबार विज्ञप्ती निकालेर देशभर गाडीहरु ग्यारेजमा थन्क्याई उत्रिएको आन्दोलनमा साथ दिएको भन्दै यात्रु र सर्वसाधरणलाई पनि धन्यवाद दिइएको छ । ‘यातायात बन्दबाट प्रभावित भएका सर्वसाधरणसँग हामी क्षमायाचना गर्छौँ’, विज्ञप्तिमा भनिएको छ , ‘आन्दोलनका क्रममा पक्राउ परेका हाम्रा महासचिव पुण्यप्रसाद सिटौला सरोज, कोषाध्यक्ष डम्बर पन्तसहितका पदाधिकारी, व्यवसायी, मजदुर र कर्मचारीलाई विनाशर्त रिहा गर्न पनि माग गर्दछौँ ।’