धरान / मानव अधिकार मैत्री समाचार संप्रेषण विषयक दुई दिने अभिमुखिकरण इटहरीमा शुक्रबारदेखि शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना गरेको अभिमुखिकरणको उद्घाटन प्रदेश नं. १ नं.का प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए ।
उदेघाटन कार्यक्रममा सभामुख भण्डारीले संचार माध्यमहरुले सत्य तथ्य र प्रमाणित सूचना संप्रेषण गरे मात्र मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने बताए । उनले मानवअधिकार मैत्री समाचार संप्रेषण गरि राज्य व्यवस्थालाई समेत पारदर्शि र उत्तरदायी बनाउन भूमिका निर्वाह गर्न संचारकर्मीहरुलाई सुझाव दिएका थिए ।
सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकाशको आधार भन्ने नारालाई आत्म साथ गर्दै मानव अधिकार मैत्री समाचार संप्रेषणका लागि प्रदेश नं. १ सनुसरी, इलाम, पाँचथर, ताप्लेजुङ, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सङ्खुवासभाको पत्रकारहरुको सहभागतिा रहेको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय निर्देशक मञ्जु खतिवडाले जानकारी दिईन । कार्यक्रमको सहजीकरण अधिबक्ता कृष्ण दाहालले गरेका छन् ।