धरान  / मस्तिष्क पक्षघात सम्बन्धी निशुल्क सल्लाह र परामर्श दिन  बिपी काेइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विहीबारदेखि दूई दिने गाेष्टी शुरु भएकाे छ । बच्चा गर्भमा रहदै, वा जन्मने बेला वा जन्मिसकेपछि मस्तिष्कमा हुने चोटपटकका कारण मस्तिष्क पक्षघात हुन्छ । यसले शरीरको अङ्गहरूको चाल र समन्वयमा प्रभाव पार्छ । प्रायः यस्ता व्यक्तिहरूमा मांसपेशीहरूको असाधारण खुम्चाई हुन्छ । कसै कसैमा मुर्छा पर्ने वा सुझबुझमा कम हुने वा कुराकानी राम्रो गरी बुझ्न नसक्ने हुन्छ। यो समस्याको उपाचार गरेर पनि पूर्णरुपमा निको हुँदैन । यही सचेतनाका लागी कार्यक्रम गरिएकाे प्रतिष्ठानका वाल राेग विशेषज्ञ डा.अरुण कुमार सिंहले जानकारी दिए ।

गोष्टीको उद्घाटन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले गरेका छन् । मष्तिकघातबारे विभिन्न देशका जना अनुसन्धानकर्ताहरुले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको गोष्टी आयोजक कमिटीकी सचिव चिप्रा चौधरीले जानकारी दिईन ।
कार्यक्रममा स्वीजरल्याण्डका मष्तिकघात विशेषज्ञ प्राध्यापक स्टेफेन सिजोनेहोको, प्रतिष्ठानकी बाल रोग विभागकी विभागीय प्रमुख डा. रुपा राजभण्डारी, डा. निशा क्षेत्री भट्टराई, गोपाललाल श्रेष्ठलगायतले दुई दिने गोष्टीमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

केही बालबालिकामा यो धेरै जटिल हुन्छ भने कसैमा सामान्य हुन्छ । जटिल समस्या हुनेहरूमा सुझबुझ नहुने देखि मुर्छा पर्ने सम्म हुन्छ। मस्तिष्क पक्षघातका कारण गर्भावस्थामा हुने असरहरू, प्रसवमा हुने अप्ठ्याराहरू महिना नपुगी जन्मिएका बच्चाहरू, संक्रमणहरू, वंशानुगत समस्याहरू, मस्तिष्क औलो ज्वरो लगायतका कारण हुने प्रतिष्ठानका डा.अरुण कुमार सिंह बताउँछन ।