विराटनगर / विराटनगरर प्रदेश १ को प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुनसरीकी सांसद सावित्री जोशीले प्रदेश १ को राजधानी र नामको कुरा टु¥याउनु ध्यानाकर्षाणा गराएकी छ्न ।
शुक्रबार बसेको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै उनले हावापानी, भूगोल र भौतिक संरचनाको हिसावले धरान उपर्युक्त भएकोले राजधानी धरानलाई तोक्न पर्ने माग गरिन ।
संसद बैठकमा बोल्दै सांसद विद्यानन्द चौधरीले विराटनगर–गौरिगंज सडकमा पर्ने रतुवामाईमा बनेको पुल निर्माण नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले पिछडिएका दलितको नागरिकता पाउने अधिकारबाट बञ्चित भएको भन्दै सरकारले वैकल्पिक व्यवस्था गरेर नागरिकता दिने व्यवस्था गर्न सुझाव दिएका थिए ।
यस्तै मोरङका सांसद लिलाबल्लभ अधिकारीले बक्राहा, मरिया, डाँस, चिसाङ, लोहन्द्रा जस्ता खोलाका कारण जनता आक्रान्त भएको स्मरण गराए । उनले तत्काल तटबन्धका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
सुनसरीका सांसद मोहम्मत ताहिर अन्सारीले कोशी टप्पुका जनावर अर्ना, हात्ती र बँदेलको आक्रमणबाट जनता आजित भएको भन्दै उचित व्यवस्थापनको माग गरे । उनले बर्षौदेखि त्यहाका स्थानीयवासी कोशी टप्पुका जनावरबाट मानविय तथा आर्थिक क्षेति बढेको भन्दै अव प्रदेश सरकारले नियन्त्रणका लागि पहल गर्नु पर्ने बताए । शुन्य समयमा अधिकाशं सांसदहरुले आफ्नो क्षेत्रका सरकोकारका विषयमा बोलेका थिए ।
श्ुन्य समय पछि गाउँ सभा तथा प्रदेश सभा संचालन कार्यविधि विद्यायकमाथि छलफल भएको थियो । आगामी बैठक बैशाख ११ गते बस्ने संसद सचिवालयले जनाएको छ ।