संखुवासभा / विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको क्षमता अधिवृद्धिका लागि चैनपुरमा संचालन भएको उदघोषण तालीमको बुधबार समापन गरिएकबो छ । बोधी जागृत महिला संस्था चैनपुरको आयोजनामा संचालन भएको तालिमको समापन चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
महिलाहरुको क्षमता अभिबृद्वी गर्ने उदेश्यले तालीमको आयोजना गरिएको संस्थाकि अध्यक्ष मनमाया तामाङले बताइन। तालीममा विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष सचिवहरु सहित २८ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालीमको सहजीकरण प्रेस चौतारीका केन्द्रिय सदस्य देबेन्द्र कार्किले गरेका थिए। तालीममा सहभागी महिलाहरुलाइ कार्यक्रमका प्रमुख अतिथी चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रममा उपमेयर मुना श्रेष्ठको विशिष्ट आतिथ्य लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि रहेको आतिथ्य रहेको थियो । चैत २१ गते देखी शुरु भएको तालीमको समापन संस्थाकि अध्यक्ष मनमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रमलाई सीता गौतमले संचालन गरेकी थिइन ।

img-20180410-222612