धरान / स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गरि समाजसेवा गरेबापतको दुई जना डाक्टरहरुलाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बाल रोग बिशेषज्ञ डा. अरुण कुमार सिंह तथा हाडजोर्नी बिशेषज्ञ तथा उप प्रध्यापक डा.अमित लिम्बु रहेका थिए छ ।

सम्मान पछि डा. अरुण कुमार सिंहले आफुलाई सम्मानले अफ समाजमा सेवा गर्ने हौसला मिलेको बताए । उनले आफु पेशामा रहुन्जेसम्म राष्ट्र र समाजका लागी सेवा गर्ने प्रतिबद्धता जनाए । शनिबार अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामग्री ब्हिल चियर तथा ट्रार्इ साईकल प्रदान गरिएको छ ।

अपङ्गता भएका व्यक्तिहरुलाई सहयोग पु¥याउने उद्देश्यले धरान १८ न. वडा समिति तथा राष्ट्रिय अपाङ्ग पुनस्थापना केन्द्र धरान १९ र ढेस नेपाल अस्ट्रेलियाकाे संयुक्त आयोजना तथा धरान उपमहानगरपालिका तथा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमाडौको आर्थिक सहयोगमा ती सहायक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिलचियर र ट्राई साईकल वितरण गरिएको छ 

अपाङ्ग पुनस्थापना केन्द्र धरान १९ का अध्यक्ष डम्बर कुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा १ नं प्रदेशका धनकुटा, सिन्धुली, तेह्थुम, सप्तरी लगायतबाट उपस्थित भएका अपाङगता भएका २३ जनालाई व्हिलचियर र  साईकल वितरण गरिएको थियो ।