• खेलाडी र शिक्षकको प्रतिस्पर्धा

सुनसरी क्षेत्र नम्बर १ क मा कुल मतदाता ६१ हजार ७ सय ५५ छन् । उनीहरुले आउदो मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा खेलाडी र शिक्षकमध्ये एक रोज्न मतदान गर्दैछन् । चुनावी प्रचारमा आफूले नै जित्ने दाबी भईरहेको छ ।
एमाले र माआवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार प्रदीप भण्डारी र कांग्रेस संघीय सजमावादी फोरमको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार किशोर राईबीच प्रदेशसभा सदस्य ‘क’’का लागि प्रतिस्पर्धा हुदैछ । शिक्षण पेसामा लामो समय विताएका माथिसम्म पँहुच राख्ने प्रदिप भण्डारी ३७ बर्षसम्म धरानको शिक्षा शदनमा शिक्षण पेसा अंगालेर अवकास पाएका व्यक्ति हुन् । उनी पक्का राजनीतिक खेलाडी मानिन्छन् । नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य रहेका भण्डारी जिल्ला पार्टी हाक्न ठूलो देन दिदै आएका व्यक्ति हुन । शिक्षा क्षेत्रका प्रभावशाली नेता भएका कारण उनको जीत लगभग भएको स्थानीय बताउछन् । स्थानीय तथा अगाडकिो संविधानसभाको मत परिणाकको अंक गणितले मात्र होईन धरानको उहाँप्रतिको जनलहरले उहाँको विजयीको घोषणा मात्र बाँकी रहेको एमालेका कार्यकता लक्ष्मी बाँनाया बताउछन् ।
शिक्षण पेसाबाट अवकाशप्राप्त ६२ वर्षे भण्डारीले प्रदेशसभाको निर्वाचनमा धरानका जनताले आफूलाई विजयी गराउनेमा ढुक्क छन् । ०२७ देखि नै संखुवासभाबाट राजनीतिमा होमिएको भण्डारीले प्रचार अभियानलाई निकै तीव्र पारेका छन् । मतदाताको घरघरमा पुगेर एमालेले गरेका कामको फेहरिस्त बुझाएका छन् ।
उनले भने, ‘स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्दै धरानको विकास र समृद्धिका लागि मैले जित्नु जरुरी छ । मैले जित्नु भनेको धराने जनताको जित हो । धरान बामपन्थीको आधार क्षेत्र हो ।’ धरान नगर कमिटी सदस्य हुँदै पटकपटक सचिव, नगर इन्चार्ज र जिल्ला सदस्यसम्म भएका भण्डारी राष्ट्रिय राजनीतिमा पनि चिनिएका व्यक्ति हुन । एमालेमा राजनीति गरेर कपाल फुलाउन लागेका भण्डारीलाई धरानमा धेरैले शिक्षककै रूपमा बढी चिन्छन् । उनले आफ्नो यही पहिचानलाई पनि चुनावी अभियानमा प्रयोग गरेका छन् । ४०प्रतिशत मतदाता उनका शिष्यहरु नै भएको बताइएको छ । पाटी कार्यकता भन्दा बाहिरबाट एउटा विज्ञान विषयका असल गुरुको नाताले धेरै धरानेहरुले मत दिने आङ्कलन गरिएको छ ।
उनका एजेण्डाहरु धरानको विकास निर्माण, सेउती, सर्दु खहरे नियन्त्रण, सुकुम्बासीलाई धनीपुर्जा, धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र, प्रस्तावित धरान एयरपोर्ट निर्माणमा थप पहल, सुविधासम्पन्न बसपार्क निर्माण लगायतका अघि सारेका छन् ।
काङ्ग्रेसले सुनसरी १ मा संघीय फोरमका बरिष्ठ नेता अशोक राईलाई मैदान खाली गरेको छ । प्रदेश सभा खबाट टिकटका दावेदार किशोर राई भण्डारीका प्रतिस्पर्धी हुन । उनलाई राजनीतिकबाट भन्दा पनि फुटबल खेलाडीको नामले चिनिन्छन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष पनि हुन । धरान फुटवल क्लवका निरन्तर अध्यक्ष भईरहने व्यक्तिको नाम उनको नाम आउछन् । गत स्थानीय तह निर्वाचनमा मेयरको टिकट नपाएर आफ्नो राजनीतिक जीवन ध्वस्त भएको र फुटबल खेलकै विकासमा लाग्ने मनसाय बनाएका राईले प्रदेशसभा टिकटपछि उत्साहित बनेका छन् । तर वामपन्थीहरुको गडमा उनलाई जित्न सहज छैन । सबैसँग मिलनशार भएर व्यवहार गर्ने राईलाई उनकैपार्टी भित्रबाट पनि हराउन लागेका छन् । बुढासुब्वा गोल्डकपको २०/२२ औ संस्करण गराउन सफल खेलाडी त्यसका आयव्यय सार्वजनिक गर्न भने असफल हुदैआएका खेलाडीका रुपमा समेत उनलाई चित्रित गरिदै आएको छ । खेलको शहर धरान प्रतियोगिता हुन्छ तर राम्रा खेलाडी उत्पादन नभएको गुनासा आउने गरेका छन् ।
उनका चुनावी एजेण्डाहरु चाही खासै फरक छ्र्रनन् । धरानको विकास निर्माण, सेउती, सर्दु खहरे नियन्त्रण, सुकुम्बासीलाई धनीपुर्जा, धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र, प्रस्तावित धरान एयरपोर्ट निर्माणमा थप पहल, सुविधासम्पन्न बसपार्क निर्माण लगायतका अघि सारेका छन् । उनको अघिका चुनावमा एमालेलाई मौका दिएको यस पटक आफुलाई दिनु पर्ने मतदाताहरको घरघरमा पुगेर भनिरहेका छन् । खेलाडी राई की शिक्षासेवी भण्डारी भन्ने छिनोफानो भने मङ्सिर २१ पछि नै कुर्नु पर्ने भएको छ ।
निर्वाचन आयोगमा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिए पनि पहिलैदेखिको मतदाताको रुझान प्रमुख दलमै केन्द्रित छन् । सुनसरी क्षेत्र नम्बर १ क अन्तर्गत पर्ने धरान उपमहानगरपालिका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र १९ वडा पर्छ । सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधी सभा सदस्यमा एमालेका युवा नेता जयकुमार राई मैदानमा छन् । उनका प्रतिस्पर्धी अशोक राई हुन । प्रदेश सभा ख मा एमालेका प्रभावशाली नेता (जो मुख्य मन्त्रिका लागि पनि चर्चामा रहेका छन्) एमाले सचिव भीम आचार्य रहेका छन् । नेपाली काङ्ग्रेसबाट बुद्धिबहादुर कट्वाल रहेका छन् । संयोक के भएको छ भने प्रदेश सभामा दुवै जना खेलाडी हुन । राई फुटवल खेलाडी हुन भने कट्वाल भलिवल खेलाडी हुन ।