• खेमराज सुबेदी

दोहा,कतार / प्रवासी नेपाली मञ्च कतारले कतारमा रहेका पार्टी कार्यकताहरुलाई लक्षित गरि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिब एंव प्रदेश नं. १ पार्टी संयोजक भिम आचार्यको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा नेकपा एमाले सुनसरी जिल्ला अनेमा संघकी अध्यक्ष मिरा खनाल आचार्यको बिशेष अतिथि रहेकी थिईन ।
पूर्व पर्यटन मन्त्रि भिम आचार्यले देशको जल्दो बल्दो राजनीति, परिवेश, सरकारका प्रमुख कार्यक्रमहरु तथा अहिले देशमा हुन गइ रहेको पार्टी एकताका बिषयमा बिशेष प्रकाश पारेका थिए । प्रमुख अतिथि समेत रहेका आचार्य पार्टीको नीति नियम र सिद्धान्तका बिषयमा समेत जानकारी गराए । देशमा समृद्धि एबम बिकासले गति लिएको र जनताको सर्बाधिक मतसहित पहिलो पार्टी बन्न सफल नेकपा एमालेले जनअपेक्षा अनुरुप नै काम गर्ने उनले बताए ।
अहिले देशमा पचासौ प्रधानमन्त्री सम्म आइपुग्दा कसैले आफ्नो कार्यकाल पुरा गर्न नपाएको अनि राजाको पालामा समेत दरबरियाहरुको विभिन्न व्यक्तिगत आकांक्षाको कारणले त्यतिबेला पनि विकाशका कार्यक्रमले प्राथमिकता नपाएको अवस्थामा अहिलेको नेकपा एमालेको सरकारले कम्तिमा पाँच बर्ष स्थायी सरकार दिने अनि यहि सरकारले देशको आर्थिक सम्बृद्धि गर्ने उनले बताए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पोख्रेलले भिम आचार्यबाट धेरै कुरा सिक्न पाएको बताए । उनले कतारमा काम गर्ने सबै नेपाली स्वेच्छा ले नभई बाध्यतामा परेर आफ्नो देश, अनि परिवारलाई छाडेर यहाँ आएर कामगर्नु परेको छ तर अब यो सरकारले पाच वर्ष भित्रमा हामीलार्इ बाध्यताले होइन इच्छाले मात्र कतार आउनु पर्ने अवस्थाको सिर्जना गर्नलाई व्यवस्था मिलाउन सुझाव दिए ।
शालिमार होटेलको हलमा भएको प्रशिक्षण कार्यक्रमको स्वागत मंचका प्रथम उपाध्यक्ष द्रोण बस्नेतले सगरे । ४ घण्टासम्म चलेको कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । प्रवासी नेपाली मंच कतारका कार्यबाहक महासचिब प्रभात त्रिपाठीले संचालन गरेको कार्यक्रमा प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलले अध्यक्षता ग्रहण गरेका थिए ।

29745416_1988311257863980_1063193526_n