इटहरी /  अल्पसंख्यक चन्द्रवंशी तथा कविरथ समुदायलाई जातिय सुचिमा सुचिकृत गरी आरक्षणको व्यवस्था गरिनु पर्नेमा माग राख्दै नेपाल सरकारका अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाइएको छ ।

सुनसरीको प्रकासपुर क्षेत्रमा वसोवास गर्दै आएका चन्द्रबंशी तथा कविरथ जातिका युवाहरुले आफुहरुलाई जनसंख्याको आधारमा अल्पसंख्यक सुचिमा सुचिकृत गर्न माग राख्दै ज्ञापन पत्र वुझाएका हुन । सुनसरीको क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभामा उमेद्वार समेत रहेका काग्रेस नेता कार्कीले सो समुहका युवाहरुको ज्ञापन पत्र वुझ्र्दै पहल गर्ने प्रतिक्रीया दिए । मुलुकमा सुनसरीको प्रकासपुर क्षेत्रमा करिवरथ तथा चन्द्रवंशीको संख्या अन्य ठाँउको तुलनामा बढि रहेको भएपनि मुलुकभर एक लाख हाराहारीमा मात्र रहको सो समुदायका अगुवाहरु वताउछन । चुनावी कार्यक्रममा व्यस्त अर्थ मन्त्री समेत रहेका कार्कीले सुनसरीको क्षेत्र नम्वर ४ अन्र्तगतको श्रीपुरमा घरदैलो समेत गरेका छन ।