९१०
यस्तो राजनिती बनोस् सबजना सम्मानले हेर्दिउन्
जस्ले गर्दछ बैमनस्य यसमा तत्काल यो छोड्दिउन्
नेतामा जनमा समान अधिकार् सम्मान उस्तै रहोस्
निर्दाको पनि राज्य हो मुलुक हो भन्ने समर्पण् गरोस्
९२०
नेताका बसमा गरीब जहिल्यै चम्चागिरी बन्दहोस्
झुप्रामा यिनका गरीब पन त्यो छेक्ने गरी अन्नहोस्
क्वै खाने दिनकै अटस् पटस भै भोकै कुनै बाच्दछन्
बर्षौ सम्म कुनै अनाज घरमा कुह्याएरै फाल्दछ्न्
९३०
यस्तो राजनिती गरिन्छ किन खै मर्ने गरीबै जहाँ
नेता छन् धनधान्य यी ऋतु सबै चौमास हान्ने यहाँ
खै के पाए कुनै बिकास जनले बाटो छ वा बत्ति छरु
नेताका पिछलङ्गुका घर घरै भाला छ वा कट्टि छ
९४०
मागेरै चलिराछ रे सदनमा साम्सद् को कुर्सी किन
नाप्दैनन् यिनले सवाल र बिकास् छोड्देउ फुर्ती दिन
डाक्टर् छैन कतै न औषधि त्यहाँ साहायकै डाक्टर
छैनन् साधन त्यो पहाड बिचमा बाहान नै ढाक्कर
९५०
माग्दैथे जब भोट नोट सहितै भोट् साटियो भातमा
खायौं मासु र भात क्या जगबले राज्यै गयो जातमा
समृद्धिस् यसरी हुदैन जनता जागौं उठौं है अब
छोडौं जात र भातका विषय लौ हुँङ्कार बोलौं अब
९६०
जातै हुन्छ भने गरीब र धनी यै जात छान्ने गरौं
नारी औं पुरुषै भए अब पुग्यो चार् जात मान्ने गरौं
बिथ्थामा किन भिड्नु यो बगरमा हामी मिलौं है अब
पुर्खाको परिश्रम् बुझौं अझ बुझौं नेपाल हाम्रो घर

  • लिलानाथ घिमिरे
    कतारबाट