धरान / प्रदेशसभा बैठकमा बुधबार पहिलोपटक सदस्यहरूले शून्य समयमा सार्वजनिक महत्त्वका विषयमा बोलेका छन् । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले चार सदस्यलाई बोल्ने समय दिएका थिए । ती सदस्यहरूले आफ्नो निर्वाचनक्षेत्रका सार्वजनिक महत्त्वका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्या, सडक, छुवाछूत, दरवार संरक्षणसम्मका विषय उठाए ।

संसदको बुधबारको बैठकको शुन्य समयमा मोरङ, सुनसरी, ताप्लेजुङका संसदहरुले आफ्नो क्षेत्रको समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन । सुनसरी क्षेत्र नं. १ बाट समानसुपातिकबाट माओवादली केन्द्रबाट प्रदेशसभा सदस्य बनेकी उमिता विश्वकर्माले धरानमा भईरहेको खानेपानी ट्यांकी निर्माणको विषयमा सरकारको ध्यानाकषर्ण गराएकी थिईन । उनले विजयपुर दरवार क्षेत्रमा बनाउन लागेको ट्या.की अन्यत्र निर्माण गरेर दरवारको संरक्षण गर्न माग गरिन ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको भ्रष्टचार र कर्मचारी तथा पदाधिकारी नियुत्तिमा हुने आर्थिक चलखेल अन्त्य गर्न माग गरिन । मोरङ क्षेत्र नं. ३ का संसद राजकुमार ओझोले पूर्वाचन विश्व विद्यालयको मोरङको गोठगाउामा भएको आफ्नै जग्गामा सार्न माग गरे । ८०५ विगाहा जग्गा हुदा हुदे कार्यलय भने विराटनगरमा भाडामा राख्नु उचित नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ओझाले विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय तत्काल गोठगाउँमा सार्न माग गरे । ‘पूर्वाञ्चल विश्वविद्यालयका नाममा मोरङको सुन्दर हरैंचा नगरपालिका गोठगाउँमा ८ सय बिघा जमिन र सुविधासम्पन्न भवन छन् तर विराटनगरमा करोडौं रुपैयाँ भाडा तिरेर केन्द्रीय कार्यालय राखिएको छ,’ उनले भने, ‘त्यति मात्र होइन त्यहाँ ३ सय बेड बिरामी पर्खेर बसेका छन् अन्यत्र अस्पतामा बिरामीले बेड नपाएर मृत्यु वरण गरिरहेका छन् । त्यसैले तत्काल उपचार सेवा थाल्न सरकारले पहल गरोस् ।’

यस्तै मोरङ १ का सुयर्मा राईले आफ्नो क्षेत्रमा भएको सुकुम्वासी समस्या समाधान गर्न माग गरे । साथै स्थानीय खोलाहरुमा समय तट्बन्धनको व्यवस्था गरेर स्थानीयहरुलाई सुरक्षित गर्न माग गरेका थिए । यस्तै ताप्लेजुङका प्रतामप्रकाश हाङगामले आफ्नो क्षेत्रको बाटोको समस्या र तमोरमा बन्दै गरेको पुलका विषयमा सरकारको ध्यानाकर्षण गराए । तमोर नदीको पुल निर्माणका अनियमितता भएको भन्दै सदस्य हाङगामले हिउँमा सुतेर बस्ने र बर्खा लागेपछि काम गरेजसो गर्ने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले किराँत धर्मावलम्बीको पवित्र स्थल फोक्तालुङ जाने बाटो निर्माणका लागि आग्रहसमेत गरे ।