विराटनगर /  किराँत राई समुदायका अगुवाहरुले प्रदेश १ को नाम ‘किराँत’ राख्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई २५ लाख हस्ताक्षर बुझाएका छन् । किराँत राई यायोक्खाको अगुवाईमा २५ लाखको हस्ताक्षरसहित मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाइएको हो । आफ्नो जातीय भेषभूषा र झाँकीसहित पुगेका उनीहरुले प्रदेशकोे नाम ऐतिहासिकता, भूगोल, भाषा, संस्कृति, सभ्यता र साझा पहिचानको आधारमा किराँत राख्नु पर्ने उनीहरुले माघ गरेका छन् । 
जवाफमा मुख्यमन्त्री राईले नीतिगत रुपमा प्रदेश सरकारको नाम प्रदेशसभाले टुंगो लगाउने बताए । प्रदेशसभाको दुईतिहाइ बहुमतलाई प्रदेशको नाम राख्ने अधिकार भएको भन्दै मुख्यमन्त्री राईले नामकरणका विषयमा गहिरो अध्ययन गरी निर्णयमा पुग्ने बताएका थिए ।