दमक /  विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापाको दमकस्थित निवासमा १५ दिने वारेन्ट टाँसेको छ ।

ओली निवासमा अगाडीको गेटमा सुरक्षार्थ प्रहरी बसेका भएपनि पछाडीपट्टीको भित्तामा पर्चा टाँसेर युवाहरु भागेको छिमेकीले बताएका छन् । सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र रोल्पामा रहेको ‘केन्द्रीय जनअदालत’ मा उपस्थित भई स्पष्टिकरण दिन सूचना जारी गरिएको प्रकाशद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

'प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रमा भनिएको छ ‘तपाईं खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा मुद्दा परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईंसँग केही बुझ्नुपर्ने भएकोले सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन सूचित गरिन्छ ।'

प्रधानमन्त्री ओलीमाथि गत फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमसेवकको सार्वजनिक कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवम् पदम राईलगायतका थुप्रै युवाहरूलाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको सूचनामा उल्लेख छ । यही चैत ५ गते नेकपा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत नेताहरूलाई गिरफ्तार गरी धनकुटामा थुनामा राखेको अभियोग लगाइएको छ । सोही विषयमा स्पष्टिकरण दिन केपी ओलीको नाममा पत्र काटिएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रमा भनिएको छ ‘तपाईं खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा मुद्दा परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईंसँग केही बुझ्नुपर्ने भएकोले सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन सूचित गरिन्छ । सो निवासमा दमक नगर प्रमुख रोमनाथ ओली बस्दै आएका छन् ।