मोरङ / निर्वाचन नजिकिदै जाँदा बढेको घरदैलोको तीव्र अभियानका क्रममा मोरङको पथरीशनिश्चरे ३ मा नयाँ शक्ति पार्टी परित्याग गरी ५१ जना नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का वाम गठवन्धनका प्रतिनिधिसभा उम्मेदवार भानुभक्त ढकाल र क प्रदेशसभा सदस्यका उम्मेदवार गीता तिम्सिना सहभागि आइतबारको घरदैलोमा उदयनारायण धिताल सहित वाम गठवन्धनमा प्रवेश गरेका हुन् ।
पथरीशनिश्चरे ३ स्थित पिपल चोकको कोणसभामा उदयनारायणका साथै चिरञ्जिवी धिताल, देवीमाया धिताल, लक्ष्मी धिताल, सुशीला धिताल, मञ्जु धिताल, मनिस धिताल, पूजा धिताल, पूजन धिताल, जसमाया धिताल, तीर्थराज धिताल, रेवती ढकाल, गंगा आचार्य, रुपा घिमिरे शिव रिजाल सहितले उम्मेदवारहरुबाट टीका ग्रहण गरेका छन् ।
कोणसभामा मन्तव्य राख्दै नवप्रवेशी उदयनारायण धितालले एमाले र माओवादी केन्द्रको वाम गठवन्धन अहिलेको आवश्यकता भएकाले आफुहरु यसमा प्रवेश गरेको बताए । कोणसभामा एमालेका उम्मेदवार भानुभक्त ढकालले पैसा, विजुलीका पोल र औषधि वाँढेर जनताको सेवा गर्ने नाटक अव मंसिर २१ गते समाप्त भई वाम गठवन्धनको जनताको सेवा गर्ने साँचो सरकार बन्ने बताए । आइतबारेको कोणसभामा बोल्दै माओवादी केन्द्रकी उम्मेदवार गीता तिम्सिनाले वाम गठवन्धनको जनलहरलाई कसैले छेक्न नसक्ने जनाउँदै जनताका आम समस्या समाधानका लागि आफुहरु तयार रहेको जनाइन् ।