विराटनगर / प्रदेशसभा १ को बैठकमा बुधबार प्रदेश सरकारको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थि तगर्ने सम्बन्धमा बनेको प्रदेश आथिृक कार्यविधी २०७४ विधेयक पेश भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङवोले संसदमा पेस गरेका हुन ।
११ परिच्छेद ६४ धारा रहेको विधेयकमाथि ज्ञानेश्वर राजबंशी, अम्विका थापा,लिलिबल्भव अधिकारी, शिवनारायण गन्गाई, बवोधिताकुमारी चौधरी, मोहन कुमार खड्कालगायतले टिप्पणी तथा सुझाव पेस गरेका थिए ।
बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले विधेयकमाथि संसोधन प्रस्ताव पेस गर्ने समय ७२ घण्टाको दिदै चैत १९ सम्मलाई बैठक स्थगित गरेको घोषणा गरेका थिए ।
उक्त मस्यौदा अध्ययनका लागि प्रदेश सभा सदस्यहरुलाई यस अघि नै उपलब्द गराइएको थियो । विधेयक आगामी १९ गतेको बैठकले पास गर्ने छ । यो विधेयक पास भए सगै प्रदेशमा सरकारले गनेृ आथिृक गतिविधी बैधानिक रुपमा संचालन गनेृ बाटो खुल्ने छ ।
विधेयकमा के छ ?
नेपालको संसवधान २०७२को धारा ५९ र २१३ बमोजिम ल्याइएको विधेयकमा राजस्व संकलन, नियन्त्रण, कारोवारको व्यवस्था, वित्रिय जिम्मेवारी, जवाफदेहीता, सरकराी सम्पतिको स.रक्षण, कर असुली, लगायतको विषयहरु समेटिएका छन् ।
बैठकमा आर्थिक अनियमितता गनेृ कर्मचारी वा पदाधिकारीलाई नगद जरिमाना मात्र नभएर निलम्बनसहित बरखास्तै गनुृ पर्ने कानुन बनाउन संसदहरुले सुझाएका थिए ।
१९ गतेको बैठकले उक्त विधेयकलाई पारित गर्ने छ । संसदबाट पारित भए पछि लागु हुने संसद सचिवालयले जनाएको छ ।
विजयपुर दरवारको मुद्धा संसदमा
संसदको बुधबारको बैठकको शुन्य समयमा मोरङ, सुनसरी, ताप्लेजुङका संसदहरुले आफ्नो क्षेत्रको समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुनसरी क्षेत्र नं. १ बाट समानसुपातिकबाट माओवादली केन्द्रबाट प्रदेशसभा सदस्य बनेकी उमिता विश्वकर्माले धरानमा भईरहेको खानेपानी ट्यांकी निर्माणको विषयमा सरकारको ध्यानाकषर्ण गराएकी थिईन । उनले विजयपुर दरवार क्षेत्रमा बनाउन लागेको ट्या.की अन्यत्र निर्माण गरेर दरवारको संरक्षण गर्न माग गरिन । तर धरानमा भईरहेकाे खानेपानी समस्याकाबारेमा भने एक शव्द बाेलिनन् । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको भ्रष्टचार र कर्मचारी तथा पदाधिकारी नियुत्तिमा हुने आर्थिक चलखेल अन्त्य गर्न माग गरिन । मोरङ क्षेत्र नं. ३ का संसद राजकुमार ओझोले पूर्वाचन विश्व विद्यालयको मोरङको गोठगाउामा भएको आफ्नै जग्गामा सार्न माग गरे । ८०५ विगाहा जग्गा हुदा हुदे कार्यलय भने विराटनगरमा भाडामा राख्नु उचित नहुने भनदे सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै मोरङ १ का सुयर्मा राईले आफ्नो क्षेत्रमा भएको सुकुम्वासी समस्या समाधान गर्न माग गरे । साथै स्थानीय खोलाहरुमा समय तट्बन्धनको व्यवस्था गरेर स्थानीयहरुलाई सुरक्षित गर्न माग गरेका थिए । यस्तै ताप्लेजुङका प्रतामप्रकाश हाङगामले आफ्नो क्षेत्रको बाटोको समस्या र तमोरमा बनदै गरेको पुलका विषयमा सरकारको ध्यानाकर्षण गराए ।