राजविराज। सप्तरीका वाम गठवन्धनका तर्फवाट नवनिर्वाचित जनप्रतिनिधिलाई शनिवार राजविराजमा कार्यक्रम आयोजना गर्दै वधाई, सम्मान र शुभकामना दिईएको छ ।

पुष्पलाल स्मृती प्रतिष्ठान शाखा राजविराजले गाउँ नगर, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभामा वाम गठवन्धनका तर्फवाट निर्वाचित जनप्रतिनिधिहरुलाई वधाई र सम्मान दिदै अव जिल्लाको विकास गर्न आग्रह गरेका छन् ।

नव वर्षको शुभकामना आदान प्रदान र प्रतिष्ठानको कार्यालय भवनको समेत उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य एवम् एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेलले पछिल्लो समय जिल्ला विकासको मामिलामा धेरै पछाडि परेको भन्दै अव विकासका लागि सवै एकजुट भई अघि वढ्नु पर्नेमा जोड दिए ।

भौगोलीक रुपमा सुगम भएपनि शिक्षा स्वास्थ्य र विकासमा तराई अझै पछि परेको उल्लेख गर्दै उनले यो स्थितीवाट माथि उकास्ने नीति लिएर वाम गठवन्धन अघि वढेको वताए । उनले सामाजिक रुपमा पछि परेको समुहलाई माथि उकास्ने योजना सहित आफुहरु अघि वढिरहेका वेला केहि ब्यक्ति र पार्टीले भ्रम छर्न खोजेको उल्लेख गर्दै त्यसवाट सावधान रहन पनि सवैसँग आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद सरिता गिरी, गोविन्द न्यौपाने, रुवी कर्ण, प्रमिला यादव, पुर्व सिचाई मन्त्री उमेश यादव, पुर्व सांसदद्वय अशोक मण्डल, जगदिस साह, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्र, युवा नेता सुखराम यादवलगायतले पनि स्वर्गीय पुष्पलालको योगदान र वाम गठवन्धनको भावी कार्यक्रम र रणनीति वारे आ–आफनो धारणा राखेको थिए ।

निरन्जन झाद्वारा संचालित कार्यक्रममा एमालेका जिल्ला सचिव डम्वर राउतले सहभागिहरुलाई स्वागत गरेका थिए ।