गत बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थापेर नेपाली काङ्ग्रेसका उम्मेद्वारसहित ७ जना घाईते भएका छन् । केही दिन अघि सप्तरीमा वम विष्फोटनका घट्ना भएका छन् । दोश्रो चरणको निर्वाचन नजिकिदै जाँदा उम्मेद्वार माथिको आक्रमण तिव्र भएको छ । निर्वाचन विरोधी घ्टना दोहोरी रहदा सरकार चुप लागेर बस्नु विडम्बना हो ।   
निर्वाचन हुन नदिन प्रतिक्रियवादी शक्तिको चलखेल बढेको छ । उम्मेद्वारहरको सुरक्षामा चुनौती थपिएको छ । आगामी मङ्सिर २१ गते हुने निर्वाचन भयरहित वातावरण हुनेमा संका उव्जिएको छ । सरकारले भयरहित वातावरणमा निर्वाचन हुने वातावरण बनाउनु पर्दछ ।
उम्मेद्वारमाथि आक्रमण, उम्मेद्वारहरुको घरदैलोमा अवरोध गर्नु निन्दनीय कार्य हो । पहिलो पटक प्रदेश सभाको निर्वाचनमा सहभागी भएर जनताले मुलुकलाई संघीय राज्य बनाउनु लागेका छन् । यो महान कार्यमा जुटेका जनतालाई निराशा बनाउन नदिन राज्यले सुरक्षाका सबै संयन्त्र प्रयोग गरेर भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु पर्दछ । उम्मेद्वार र मतदाताहरुको सुरक्षा व्यवस्था मिलाउनु पर्दछ ।