धरान / धरानको व्यस्थ बजार भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको छ । धरान घण्टाघरको पछािडपट्टी निकेतन स्कुल जाने बाटोको मुखैमा खतरा लेखेर शंकास्पद बस्तु राखिएको पाइएको छ । विहानै स्थानीयले देखे पछि वरपर त्रास फैलिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले उक्त बस्तु बम हो कि होइन भनेर जाँच गर्न धरान–१३ स्थित फुस्रेबाट नेपाली सेनाको टोली बोलाइएको छ । प्रहरी वरपर कडा सुरक्षा व्यवस्था गिर शंकास्पद वस्तु भएको छेउछाउमा सर्वसाधारणलार्इ जान रोक लगाइएको छ ।

Untitled-1 copy