इटहरी/ दुहवी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु विच बजेट फर्सोटको विषयलाई लिएर कुटाकुट भएकाे  । दुहवी ५ मा रहेको खेल मौैदान पुर्ने नगरपालिकाले छुट्याएको ८ लाख रुपैयाँको माटो पुर्ने उपभोक्ता समिति मार्फत काम गरेको थियो । शुत्रवार वडानम्वर ५ का वडाअध्यक्ष रमेश रौनीयार,सस्दय कृष्ण योञ्जनले नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहलाई बजेट फर्सोट गर्ने विषयमा विवाद हुदा हात हालाहालको स्थिती सिर्जना भएको हाे ।
वडानम्वर ५ ले बजेट फर्सोट गराउँन माग गरेको थियो भने उपमेयरले इन्जििनियरलगाएर अनुगमन गरे मात्र पास गराउँछु भने पछि विवाद भएकाे हाे । वडासदस्य योञ्जन र उपमेयर शाहविच हातहालाल भएको थियो । उपमेयरले अहिले पास गर्दिन इन्जिनियर ल्याएर मात्र पास गराउँछु भने पछि विवाद बढेको वताईएको छ ।
उपमेयर सुनिता दाहाल शाहले उपभोक्ता समितिले काम सकेर अनुगमन नगरी काम फर्सोट गनुहोस भनेका थिए । मैले नमाने पछि मलाई हातपात गरेर कुटपिट गरे उपमेयर शाहले भनिन् । मैले इन्जििनियर लगाएर अनुगमन गर्छु भने पछि मलाई कुटपिट गरे फोन सम्पर्कमा उमपेयर शाहले भनिन् । म माथी ज्यादती भयो शाहले थपिन् ।
उपमेयर र नगरपालिकाको कार्यशैली गलत भएको भन्दै स्थानीयले नगरपालिका भित्र नाराबाजी समेत गरेका छन । न्यायिक समिति दुहवीको अध्यक्ष तथा उप–मेयर सुनिता दाहाल(साह) ले गरेको कार्यप्रति विरोध जनाउँदै स्थानिय तथा जनप्रतिनिधिहरुद्वारा राजिनामा माग समेत गरेका थिए । शुत्रवार नै दुबै पक्षलाई राखेर छलफल गरीएको छ ।

झडपकाे भिडियाे हेेेेर्नुहाेस