धरान। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताएका छन् ।
विराटनगर विमानस्थलमा वुधवार पत्रकारसँग कुरा गर्दै उनले शारीरिक र मानसिक समस्या भएका कर्मचारीलाई मात्रै स्वेच्छिक अवकाश दिन सकिने प्रष्ट पारे ।
उनले सरकारले तोकेको ठाउँमा काम गर्न नजाने कर्मचारीलाई सरकारले बाध्य भएर कारबाही गर्ने वताए । संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको धारणा व्यक्त गरे ।
आगामी आइतबार सबै मन्त्रालयमा तोकिएको क्षेत्रमा कर्मचारी पठाउनका लागि मन्त्रालयलाई पत्र पठाइएको जानकारी दिदै अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको पनि उनले वताए । अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कारबाहीको भागिदारी स्वय् हुनुपर्ने उनको भनाई थियो ।