धरान / धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडासम्मको ३ सय १८ किमि सडक दुई लेन विस्तार कार्य शुस्तगतिमा अगाडी बढेको छ । २०७३ मंसिरमा ठेक्का लागेको उत्त सडक निर्माणको मा करिव १५ प्रतिशत मात्र भएको भौतिक पूर्वधार तथा यातायात मन्त्रलाय अन्तर्गत सडक विभागका इन्जीनियर कविश तण्डुकारले जानकारी दिए ।
सुरु भएको छ । ११ मिटर चौडा बनाइने यो सडक तीन वर्षभित्र विस्तार गरिसक्ने ठेकेदार कम्पनिसँग सम्झौता भएको छ ।
यो सडक हेटौंडाबाट सुरु भएर भित्री मधेस, चुरेभावर, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोडदै धरान पुगेर टुंगिन्छ । सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ । उदयपुरको बसाहाको विरेन्द्रचौकदेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किमि पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमि सडकलाई पश्चिमी खण्डको रूपमा विभाजन गरिएको इन्जीनियर तण्डुकारले बताए । यस खण्डमा पर्ने ७६ वटा पुल निर्माणको ठेक्का जेटआईइसी अन्क लुम्वीनी जेसीले पाएको छ । यस्तै सडकमा भिमानदेखि हेटौंडासम्मको ११५ किमी कालिका, स्वच्छन्द राङकेन जुवीले लिएको कालिका कन्स्ट्रक्सका कर्मचारी हरी पराजुलीले जानकारी दिए । । यता बसाहा विरेन्द्रचोकबाट भिमानसम्म जेटआईइसी लामा जोइन भेञ्चरले ठेक्का पाएको छ ।
धरानसम्मको योजना भए पनि सप्तरीको रुपनगरदेखि धरानसम्म बैकल्पपिक मार्ग अन्तरगत कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । सडकले सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्दै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको काम गर्ने छ । यो सडक पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा विस्तार गरिएको छ । चुरे तथा पहाडी क्षेत्रका बासिन्दाहरुलाई पुर्वपश्चिम यात्राका लागि यो सडक बने पछि सहज हुने छ ।
सडक विस्तारपछि आसपास क्षेत्रको आर्थिक, सामाजिकलगायत गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । ट्रयाक खोल्ने काम लगभग सकिएको छ । दुई लेन विस्तारको काम सकिए पछि सँगै कालोपत्रे सुरु गर्ने ठेकेदार कम्पनिले जनाएको छ ।
सरकारी लगानीमा निर्माणाधीन यो सडक करिब २२ अर्बको लगानीमा ३ वर्ष्भित्र सम्पन्न गर्ने योजना छ । हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुलपुलेसा र कल्भर्ट निर्माण गर्न हेटौंडामा आयोजना कार्यालय स्थापना गरिएको छ भने पूर्वी क्षेत्रका लागि गाईघाटमा कार्यालय राखिएको छ । यो सडकको ट्रयाक खोल्ने कार्य गत वर्षमै सम्पन्न भइसकेको छ । सडक फराकिलो पार्ने, कजवे बनाउने, रिटेनिङ वाल निर्माण गर्ने कार्य भइरहेका छन् । साथै पाँचवटा पुलको निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । ११ वटा पुलको पिलर हाल्ने काम भईसकेको इन्जीनियर तण्डुकार बताउछन् ।
यो सडक सुनसरीमा १८.८ किमि, उदयपुरमा १ सय ८.५ किमि, सिन्धुलीमा १ सय ३५ किमि र मकवानपुर जिल्लामा ४९.३५ किमि भागमा पर्छ । हालसम्म यस योजनाको कुल लम्बाइमध्ये करिब १८ किमि कालोपत्रे, करिब १ सय १० किमि ग्राभेल छ भने बाँकी सडक धुले अवस्थामा छ । योजनाका अनुसार सम्पूर्ण सडक दुई लेन विस्तार गरेर स्तरोन्नति गरिनेछ । यो सडकमा विपी राजमार्गले १८ किमी भेटेको छ । बसाहदेखि धरानसम्म ४८ किमी नडाहा–रुपनगर सडक आयोजनाले भेटेको छ ।
हाल कालोपत्रे भइसकेको करिब १८ किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा विस्तार गर्ने जिम्मा लिएको छ । सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ ।
सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५ सय रूख र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्नेमा ८५ प्रतिशत सम्पन्न भइसकेको उनले जनाए । रुख काट्ने, विजुलीका पोल सार्नलगायत स्थानीयलाई मुअव्जा दिने विषयले केही स्थानमा अवरोध हुदा निर्माण कार्यले दुर्त गति लिन नसकेको इन्जीनियर तण्डुकार बताउछन् ।
हेटौडा सिन्धुली–उदयपुर–धरान सडकलाई इलामसम्म जोड्न माग
उक्त चुरे सडकलाई पूवृका छ वटा जिल्लावासीले धरान–पानवारी, हुदै इलामसम्म जोडन् सरकारसँग आग्रह गरेका छन् । इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुरले उक्त सडक चुरे क्षेत्र हुदै पूर्व पश्चिमसम्म जोड्न बजेट विनियोजनका लागि सरकारसँग अपिल गरेका छन् ।
चुरे मागृ सरोकार समिति नै बनाएर ६ जिल्लाका स्थानीय तिह जोडिने गाउपालिका नगरपालिकाहरुलाई केन्द्रीय सरकारलाई बजेट विनियेिजनका लागि पत्रचार गर्न समितिले आग्रह गरेको छ ।
चुरे मार्ग सरोकार समितिका सदस्य नरेश इवरामका अनुसार मेचीको पश्चिम किनार झापा–इलामको सिमाना दुधेचौरीबाट झापा, मोरङ, सुनसरी हुदै उदयपुर हुदै राजधानी जोड्ने सरकारको महत्वकाक्षी योजना अन्तर्गत इलामको रोङ गाउपालिका–६ सलकपुरबाट काम शुरु भई सकेको छ । झापासम्म करिव १५ किमी सडकको डिपीआरसमेत भईसकेको चुरेमागृ सरोकार समितिका अध्यक्ष वृहषपति खतिवडाले जानकारी दिए । त्यहाँबाट साधुकारटर, सुखानी, दानाबारी, चुलाचुली, दकम, बेल८ागी, जाँते लेटाङ केरावारी, पानवारी, धरानसम्म सडक विस्तारका लागि राष्ट्रिय योजनामा पार्न पूर्वका ६ जिल्लाका राजनीतिक दलका प्रतिनीधि तथा नागरिक समाजले चुरे सरोकार समाज नै गठन गरेर २०७५÷२०९७६ को सरकारको बजेटमा पार्न लभिङ भईरहेको सरोकार समितिका सदस्य तथा धरान उपमहानगरपालिका १५ नंं वडाका अध्यक्ष नरेश इवरामले जानकारी दिए ।
उनका अनुसार १० जनाको टोली २ दिन पछि अर्थ मन्त्रि डा. खतिवडा र प्रधानमन्त्रि केपी ओलीलाई भेट्न काठमाण्डौ जाने तयरी भएको उनले जानकारी दिए । इलामदेखि धरानसम्म जोडिदा चेरे क्षेत्र हुदै हेटौडा–काठमाण्डौसम्म सडक संञ्जाल पुग्ने बताइएको छ । यस सडकले चुरे क्षेत्रका स्थानीयवासी लाभान्वित हुने चुरे खतिवडाले बताए ।