वृजमान तामाङ्ग
राजविराज– अग्नीसाईर बौद्ध बिपस्याना ध्यान केन्द्रको कार्यसमिति पुनर्गठन भएको छ ।
स्थानीय अग्नीसाईर मन्दिरमा आईतरबार सम्पन्न बृहत भेलाले भिक्षु प्रज्ञारत्नको अध्यक्षतामा १७ सदस्य समिती गठन गरेको छ ।
समितीको उपाध्यक्ष, महिला उपाध्यक्ष र सचिवमा क्रमशः माहाबिर प्रसाद चौधरी, कल्पना चौधरी र शंकर चौधरी चयन भएका छन् । यस्तै, सह–सचिबमा मञ्जुकुमारी चौधरी, कोषाध्यक्षमा रामानन्द लेखी र सह–कोषाध्यक्षमा निर्मलादेबी चौधरीलाई सर्बसम्मत चयन गरिएको छ ।
धर्मोदय सभा सप्तरीका अध्यक्ष महेश कुमार चौधरी पदेन सदस्य भएका छन् । हंसाबती देबी चौधरी, बिमला तामाङ, रामदेब चौधरी, हरिप्रसाद चौधरी, सहाबीर चौधरी, सोमबहादुर तामाङ, कुशेश्वर प्रसाद चौधरी, राम कुमार चौधरी र भवानी प्रसाद चौधरी समितिको सदस्य भएका छन् ।
अग्नीसाईर बौद्ध बिपस्याना ध्यान केन्द्र तदर्थ समितीका अध्यक्ष माहाबीर प्रसाद चौधरीको अध्यक्षता तथा अग्नीसाईर कृष्णा सवरन गाउपालिकाका अध्यक्ष प्रर्शुराम चौधरीको प्रमुख आतिथ्यमा बृहत भेला सम्पन्न भएको थियो ।
५ नंका वडा अध्यक्ष श्रीप्रसाद यादब तथा बिभिन्न जातिय संगठनका प्रतिनिधी लगायत बौद्ध धर्मलम्बीहरुको उपस्थीती रहेको भेलाले ध्यान केन्द्र भवन निर्माण गर्ने, अग्नीसाईर मन्दिरको संरक्षणमा पहल गर्ने, धार्मिक प्रर्यटकिय स्थलको रुपमा बिकास गर्ने, बली प्रथाको अन्त्य गर्न चेतनामुलक कार्यक्रम गर्ने लगायतका निर्णय समेत गरेको छ ।