धरान /  धरानस्थित युएन कलेजमा सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) को प्रथम सेमेस्टरका सबै सिट एकै दिनमा भरिएका छन् । भर्नाका लागि निर्धारित सिट पूरा भएपछि कलेजले प्रक्रिया बन्द गरेको जनाएको छ ।

कलेजले नयाँ विद्यार्थी छनोटका लागि आइतबार अन्तर्वार्ता तथा ग्रुप डिस्कसन गरेको थियो । छनोटमा सहभागी विद्यार्थीका लागि सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म भर्ना खुला गरिएको थियो । विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिताका कारण तोकिएको सिट एकै दिनमा भरिएको कलेजले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन शिक्षाका लागि परिचित कलेजले स्थापनाकालदेखि व्यवहारिक तथा रोजगारमुखी शिक्षामा जोड दिँदै आएको जनाएको छ । कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै दोस्रो र तेस्रो स्थानसमेत प्राप्त गरेको कलेजको दाबी छ ।

क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले शैक्षिक नतिजा, प्रयोगात्मक शिक्षण प्रणाली, अनुभवी प्राध्यापक, अन्तर्राष्ट्रियस्तरको इन्टर्नसिप अवसर र शैक्षिक वातावरणका कारण बीएचएमप्रति विद्यार्थीको आकर्षण बढेको बताउनु भयाे ।

बीएचएम कार्यक्रम संयोजक गगन श्रेष्ठका अनुसार कलेजका विद्यार्थी नेपाल तथा विदेशका विभिन्न स्टार होटलमा इन्टर्नसिप तथा रोजगारीमा संलग्न छन् । कलेजका कतिपय पूर्वविद्यार्थीले आफ्नै होटल तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको उहाँले बताएउनु भयाे ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले समयको मागअनुसार दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए । उनले आगामी दिनमा पनि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउनु भयाे । 

बीएचएमको सबै सिट एकै दिनमा भरिनुले विद्यार्थी तथा अभिभावकमा कलेजप्रतिको विश्वास बढेको र होटल व्यवस्थापन शिक्षामा कलेजले बनाएको पहिचान थप बलियो भएको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयाे ।