धरान । युएन नवोदय कलेज धरान –१६ ले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कक्षा १२ होटल मेनेजमेन्टका १२४ जना विद्यार्थीहरुलाई उच्च अध्ययनमा थप हौसलाका लागि सम्मान गरिएको कलेजले जनाएको छ ।
कलेजका जनसम्पर्क प्रमुख राम लिम्बुका अनुसार पहिलो चरण होटल मेनेजमेन्टका विद्यार्थीहरुलाइृ सम्मान गरि उच्च शिक्षा आर्जनका लागि हौसला प्रदान गरिएको हो । अन्य विज्ञान, कम्प्युटर र व्यवस्थापन विषयका विद्यार्थीहरुलाई पनि क्रमशः सम्मान गरिने उहाँले जानकारी दिनु भयो ।
कार्यक्रममा होटल म्यानेजमेन्ट कोर्डिनेटर गगनमान श्रेष्ठले होटल म्यानेजमेन्ट क्षेत्रको व्यापकता र यसमा रहेका अवसरहरूबारे सम्मानित विद्यार्थीहरुलानई जानकारी गराउनु भएको थियो ।
श्रेष्ठले कलेजका पूर्व विद्यार्थीहरू हाल हङकङ, फ्रान्स, खाडी मुलुकका पाँचतारे होटलहरू र लक्जरी क्रुज (ऋचगष्कभ) हरूमा आकर्षक तलबमा काम गरिरहेको सफलताका कथाहरुसमेत सुनाउनु भएको थियो ।
कतिपय विद्यार्थीले स्कटल्याण्ड र ग्रिस जस्ता देशहरूमा आफ्नै रेस्टुरेन्ट खोलेर व्यावसायिक सफलता प्राप्त गरेको जानकारी समेत उहाँले जानकारी दिनु भयो । कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरुकोसमेत सहभागिता रहेको थियो ।




















