धरान । मोफसलकै प्रतिष्ठित रियालिटी सो ‘एसईई आइडल सिजन–६’ की ‘पब्लिक च्वाइस अवार्ड’ विजेता रुचि लिम्बू(रुरी)ले एक उदाहरणीय र सराहनीय सामाजिक कार्य गर्नु भएको छ ।  

धरानस्थित यूएन कलेजमा विज्ञान सङ्कायमा  अध्ययनरत लिम्बूले पुरस्कारको रकम सामाजिक सेवामा सर्मपित गरेर उदाहरणीय काम गनुृ भएको छ । कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोका अनुसार धरान–३ स्थित सरस्वती बाल आश्रमका २८ जना असहाय बालबालिकाहरुलाई सहयोग गनुृ भएको छ ।  

उहाँले बालबालिकाहरुलाई बुधबार आश्रममा पुगी शैक्षिक सामाग्री र फलफुल वितरण गर्नु भएको विद्यालयले जनाएको छ । आफुले पाएको सफलतामा बालबालिकाहरुमा खुशी बाँड्न पाउँदा आफूलाई निकै आत्मसन्तुष्टि मिलेको रुचिल ेबताउनु भयो । “अवार्ड जित्नु मेरो लागि खुसीको कुरा त थियो नै, तर त्यो भन्दा ठूलो खुसी यी साना भाइबहिनीहरूलाई सहयोग गर्न पाउनु हो ।’–उहाँले भन्नु भयो ।  

भर्खरै विद्यालय तह पार गरेर कलेज जीवन सुरु गर्दै रुचीको यो सामाजिक काम अन्य विद्यार्थीहरुलाई पनि उदाहरण भएको प्रिन्सिपल तुम्बापोले बताउनु भयो । सानै उमेरमा देखिएको यस्तो सामाजिक चेत, सेवाभाव र समाजप्रतिको उत्तरदायित्वलाई स्थानीय बुद्धिजीवी, कलेज प्रशासन तथा सर्वसाधारणले उच्च प्रशंसा गरेका छन् । कला र प्रतिभासँगै सामाजिक कार्यमा पनि उहाँको यो लोभलाग्दो सक्रियताले आगामी दिनमा अन्य युवाहरूलाई पनि समाजसेवामा लाग्न ठूलो प्रेरणा दिने कलेजले जनाएको छ । 

ruchi1