• ‘नाम चलेका होटलहरुको गुणस्तरीय देखिएनन’

धरान / खाद्य प्रविधी तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरले धरानका होटलहरुलाई बर्गिकरण गरेको छ । खाद्य स्वच्छन्दता, भान्सा कोठाको सर सफाई, भण्डारण, दर्तालगायतको आधारमा होटल तथा रेष्टुरेन्टहरुलाई वर्गिकरण गरेको हो ।
गुण नियन्त्रण कार्यलयका सुनसरी खाद्य निरिक्षक रमेश दाहालका अनुसार बुधबार विहीबार धरानका २५ वटा होटलहरुको वर्गिकरण गरिएको छ । धरानका २५ होटल मध्य ५ वटा अति उत्तम थ्री स्टार होटलमा वर्गिकरण गरेको छ । थ्री स्टार पाउनेमा धरान किचेन, बराह फेमली किचेन, हाङकुक साराङ ककोरिय रेस्टुरेन्ट, धरान किचेनको सेकुवा कर्नर एण्ड थकाली किचेन र होटल इजिराईड रहेका छन् ।
टु स्टारमा ७ वटा वर्गिकरणमा परे्का छन् । होटल सेछ, टिम्बरल्याण्ड, विग क्याफे, गोर्खा किचेन, सुभम होटललगायत परेका छन् । एक स्टार वर्गिकरणमा पर्ने होटल कञ्चनजंगा, पाण्डा रेस्टुरेन्ट, बर्गर क्याफे, कुजानु खाजाघरलगायत गरि ७ वटा रहेका छन् ।
हलुवाई बेकरी क्याफे, योञ्जन खाजा घर, हग्री आई, नमस्कार, सत्कार, माडवारी बास्सालगायत ७ वटा होटलहरुमा निम्न स्तरको पहेलो स्टीगर पाएका छन् । कार्यालयले उतिउत्तम, उत्तम र सामान्यको वर्गिकरण गरेको थियो । समान्य भनिएका होटलहरुको किचेन, भण्डारण, सरसफाईमा कमजोरी देखिएको निरिक्षक दाहालले जानकारी दिए । पहिलो चरणमा २५ वटालाई वर्गिकरण गरिएको र बाँकीलाई क्रमशः वर्गिकरण गर्दै जाने उनले बताए । निम्न स्तरमा परेका होटलहरुलाई सुधार गरेर निवेदन दिए पुन निरिक्षण गरि वर्गिकरण गर्ने दाहालले जानकारी दिए ।
निरिक्षणमा होटल एसोसिएसन धरानका अध्यक्ष, सुवर्ण श्रेष्ठ, सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटा, होटल व्यवसायी कृष्ण पाठकलगायतको सहभागीता रहेको थियो ।
निरिक्षणका क्रममा नाम चलेका होटलहरुको किचेन, खाद्य भण्डारणलगायत कुराहरमा कमजोरी देखिएको निरिक्षक दाहालले जानकारी दिए । धरान पछि इटहरी, इनरुवालगायतका होटलहरुमा समेत निरिक्षण गरिने उनले बताए । धरानमा साना ठूला गरि करिव १५० वटा होटलहरु रहेको बताइएको छ ।

29187213_1936726873025983_1140403152925300802_n