धरान / खोलाको बगर, एकान्त, फाटिलो क्षेत्र, पानीको ठूलो मुल, मुलबाट बगेको पानीबाट बनेको पोखरीमा पौडी खेल्नेहरुको यति बेला भिडभाड छ । यो पाख्रिबास नगरपालिका वडा नम्बर ८ र १० को सिमा क्षेत्रमा रहेको भुल्के भनेर प्रख्यात छ । दैनिक यहाँ सयौको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । 

12

केहि वर्षअघि सम्म गुमनाम यो स्थान अहिले भने स्थानिय तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ठूलो मुलबाट पानी निस्किएर बनेको पोखरीमा धनकुटासहित विभिन्न स्थानबाट पौडी खेल्न तथा पिकनिक खान धेरै मानिसहरु पुग्ने गरेको छन् । पाख्रिवासबाट तथा हिलेबाट उत्तरपानी हुँदै भुल्केसम्म पुग्ने कच्ची सडक निर्माण भएपछि सो स्थानमा आन्तरीक पर्यटकको चाप बढ्न थालेको हो । यो हिलेबाट करिव १८ किमी दुरीमा पर्छ । 

केही दिन अघि धरानका एडभेन्चर समुह र हिलेका एडभेन्चर समुहले यस क्षेत्रको अवलोकन तथा भ्रमण गरेका थिए । 

तस्विरहरुः फुर्वा शेर्पा /धरान 

11

15

14