इनरुवा / नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला निर्वाचित हुनु भएको छ । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न  महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौला अध्यक्षमानिर्वाचित हुनु भएको हो ।

अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन हुन भएको छ । 

त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन हुनु भएको छ । अन्य सदस्यहरुमा चन्द्रकला चौधरी, हिणन्य कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा निर्वाचित हुनु भएको छ । 

कोसी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो। कार्यक्रमको विशेषहरु अथिति कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, अथितिहरु, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षहरु, कृष्ण अधिकारी, अमर खड्का, जनकऋषि राई, वर्तमान अध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार सुविद गुरागाई लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।