काठमाडौँ / न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, शैक्षिक योग्यता र सिटरोल विवरणअनुसार गत साउनमै ६५ वर्ष पुगेकाले सो मितिदेखि अवकाश हुनुभएको जनाउसहित उनलाई एक पत्र पठाएका छन् । 
प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै ६५ वर्ष पुगेको प्रमाण देखिएको हुँदा उहाँ ‘पदमा नरहनु भएको’ उक्त पत्रमा उल्लेख गरिएको छ ।
सचिव निरौलाले पत्रमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै शैक्षिक योग्यताको प्रमाणपत्र र सिटरोलअनुुसार प्राप्त पत्रसमेतको आधारमा प्रधानन्यायाधीश पराजुली गत साउन २१ मा ६५ वर्ष पूरा भइसकेको देखिएको हुँदा आजको ‘सचिवस्तरीय निर्णय’ अनुसार पदमा नरहनुभएको जानकारी गराउँछु भनी उल्लेख गरिएकाे छ ।
सर्वोच्च अदालत प्रशासनले यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । आज साँझ न्याय परिषद्को बैठक बस्ने बुझिएको छ ।