काठमाडौँ / नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले अाज बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएकाे छ । 
 राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए । 
 राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी हिजाे दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन ।  उनको कार्यकाल पाँच वर्षको हुनेछ ।
        
                    
        
        
        
        


        
        
        
        
        














