धरान । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । 

सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गर्नु भएको छ ।  

प्रचार संयोजक राईले डिजिटल प्लनेटफर्म प्रयोग गरि प्रविधिमैत्री प्रचार नीति बनाइएको बताउनु भयो ।  बैठकमा उम्मेदवार टिकाराम लिम्बू, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड तथा कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेश बस्नेत, समानुपातिक उम्मेदवार मौसम राईलगायतको सहभागी रहनु भएको थियो ।