काठमाडौँ / संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकीछन् । उनले ३९ हजार २७५ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरिन । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।


को हुन विद्यादेवि
भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा ९माले० सम्बद्ध युवा लिगमा संगठित हुँदै राजनीतिक यात्रा सुरु गरेकी भण्डारीले २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधी बनेकी थिईन् ।

२०३७ सालमा तत्कालिन नेकपा ९माले० को सदस्यता प्राप्त उनले २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य बनिन् । २०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियू कोषाध्यक्षमा समेत भण्डारी निर्वाचित बनेकी थिईन् । २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित उनि हालसम्म अखिल नेपाल महिला संघको अध्यक्ष थिईन् ।

२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा ९एमाले० को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी २०५९ सालमा जनकपुरमा भएको नेकपा ९एमाले० को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा भएकी थिईन् । २०६४ सालमा बुटवलमा भएको नेकपा ९एमाले० को आठौं महाधिवेशनबाट उपाध्यक्षमा उनि २०७१ सालमा काठमाडौंमा भएको नेकपा ९एमाले० को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

माधव नेपाल नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेकी उनि २०७२ कार्तिक ११ गते बुधबार देशकै सर्वाच्च पद राष्ट्रपतिमा निर्वाचित भएर भण्डारी नेपालको दोस्रो राष्ट्रपति मात्र बनिनन् नेपालको प्रथम महिला राष्ट्रपति बन्ने इतिहास रचिन् । त्यस्तै आज पुनः राष्ट्रपतिमा निर्वाचित भएसँगै भण्डारी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको पदमा बस्न सफल भएकी छिन् ।