धरान / व्यवसायीहरुलाई मनोरन्जन तथा रिफ्रेसका लागि सुनसरी डिलर तथा थोक व्यवसायी संघले वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष गिरिधारी साप्कोटाको विशेष पहल तथा समन्वयमा आयोजना गरिएको वनभोज कार्यक्रममा व्यस्त व्यावसायिक जीवनका बीच आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा मनोरञ्जनको अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
व्यावसायिक क्षेत्रमा क्रियाशील व्यवसायीहरूलाई एकै चौतारीमा भेला गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको संघका अध्यक्ष पवन पोद्धारले जानकारी दिनु भयो ।
कार्यक्रमले व्यवसायीहरूबीच आपसी आत्मीयता, सहकार्य र सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले व्यवसायिक एकता बलियो बनाउने, आपसी समझदारी बढाउने तथा भविष्यमा सहकार्यका नयाँ सम्भावना सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वनभोजमा कोशी प्रदेश सभाका संस्थापक सभामुख प्रदिपकुमार भण्डारी, प्रदेशसभा सदस्यहरु विजयकुमार राई, रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा, सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकार, उद्याे सचिव नारायण लिम्वुलगायतको उपस्थिति रहेको थियो ।


![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)
















