धरान / धरानको सर्दु जलाधार क्षेत्रको जग्गा विवाद र रोक्काका कारण लामो समयदेखि पीडित बनेका धरान - ४, १३ र २० नं. वडाको बासिन्दाहरूको समस्या समाधानका लागि धरान उपमहानगरपालिका कार्यापालिका बैठकमा वहस सुरु भएको छ । 

सर्दु जलाधार जग्गा विवादको निकास खोज्न १३ नं. वडाध्यक्ष नेत्र काफ्लेको संयोजकत्वमा समिति गठन भएको छ । समस्या समाधान पहल समितिका संयोजक हरीबहादुर कार्कीको नेतृत्वमा २० वटै वडाहरुमा पीडितहरुले ज्ञापन पत्र बुझाए पछि उपमहानगरपालिकाको मङ्सिर २९ गते बसेको कार्यपालिका बैठकले यस जटिल समस्याको विवादरहित निकास निकाल्न काफ्लेको संयोजकत्वमा पहल समिति गठन गरेको हो । समितिको सदस्यहरुमा ४ नं. वडा र २० नं. वडाका अध्यक्ष रहनु भएको छ ।  बैठकम वडाध्यक्ष नेत्र काफ्लेले  विषय उ७ान गरे पछि उक्त विषय प्रस्तावकाे रुपमा अघि बढाइएकाे  थियाे ।

के हो समस्या

 बाझगरा ९(क) तथा घोपा ७(घ) र(ङ) कित्ताका जग्गाहरू २०७८ पुस १५ गतेदेखि खरिद(बिक्री लगायतका सम्पूर्ण कार्यका लागि रोक्का गरिएका थिए। जलाधार क्षेत्रको सट्टा भर्ना प्रक्रियामा सामेल नभएका यी जग्गाहरू पनि रोक्कामा परेपछि सयौँ परिवार अन्योल र आर्थिक संकटमा परेका थिए। पीडितहरूले मालपोत कार्यालय, सुकुम्बासी आयोग, भूमि व्यवस्था मन्त्रालय, वन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयसम्म धाउँदा पनि कुनै निकास पाएका छैनन् । आफ्नो सम्पति विक्रि वितरणदेखि धितो राखेर आर्थिक कारोवारसमेत गर्न नपाउदा स्थानीयहरु समस्या भोग्दैं आएका छन् । 

सर्वोच्च अदालतमा २०७९ माघमा रिट दर्ता भए पनि हेर्न नमिल्नेर हेर्न नभ्याइने जस्ता प्राविधिक कारण देखाउदैं पर सार्ने काम हुदा ले मुद्दा किनारा लाग्न सकेको छैन। अव पनि समास्या समाधान नभए नागरिक आन्दोलनको विकल्प नभएको पीडितहरुको भनाई रहेको छ । 

नगर प्रमुख, उपप्रमुख र २० वटै वडाका अध्यक्षहरूलाई बुझाइएको अनौपचारिक पत्र र निरन्तरको दबाबपछि कार्यपालिकाले समिति बनाएको जग्गा फुकुवा पहल समितिका संयोजक कार्कीले जानकारी दिनु भयो । 

गठित समितिमा ४, १३ र २० नम्बर वडाका अध्यक्षहरूका साथै पीडित पक्षका तर्फबाट हरि कार्की र टीका राई समेत सम्मिलित हुनुहुन्छ। यो समितिले रोक्का भएका जग्गाको यथार्थ विवरण संकलन गर्ने, सिमानांकनको पहिचान गर्ने र कानुनी गाँठो फुकाउन आवश्यक प्रमाण जुटाएर निकास निकाल्ने जिम्मेवारी पाएको छ।