धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रतिष्ठानका हाडैजोर्नी विभाग प्रमुख पूर्व शिक्षाध्यक्ष प्राडा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा. श्रेष्ठलाई बुधबार उपकुलपतिमा नियुक्ति गरेको हो ।
चारदिन अघिमात्र सर्च कमिटीले सिफारिस गरेको उपकुलपतिमा प्राडा.( श्रेष्ठको नाम थिएन तर प्रतिष्ठानका कर्मचारी, चिकित्सकलगायत स्थानीयको व्यवापक दवावमा पछि उहाँको पनि प्रधानमन्त्री समक्ष नाम सिफारिस गरिएको बताइएको छ ।
गत २०८१ चैतमा डा. ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि उपकुलपतिको लागि राजनीतिक दलका नेताहरुकोमा चिकित्सकहरु धाइरहेका थिए । हालसम्म कुनै पनि विवादमा नआएका, इमान्दार छवि भएका प्राडा.श्रेष्ठ पैसा खर्च नगरि उपकिुलपति बन्नु पर्दछ र काम गर्न सहज हुन्छ भन्ने धारणा राख्दैं आउनु भएको थियो ।
प्रतिष्ठानमा उपकुलपतिको राजनीतिक नियुक्ति लिनका लागि बिचौलियाको सहारामा स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसम्म करोडौं रुपैयाँको ब्रिफकेस बुझाउनु पर्ने परमपराले प्रतिष्ठान धारासायी बन्दैं आएको छ । यही अस्वस्थ्य प्रतिस्पर्धामा श्रेष्ठले बाजी मार्नु भएको छ । सबैसँग सहकार्य गरेर प्रतिष्ठानलाई उचाईमा पु¥याउने आफ्नो जिम्मेबारी भएको उहाँले बताउनु भएको छ ।
को हुन प्राडा. श्रेष्ठ
विसं. २०२४ साल फागुनमा जन्मनु भएका श्रेष्ठ प्रतिष्ठानका नाम चलेका इमान्दार चिकित्सक हुनुहुन्छ । उहाँले सन् २००१ मा सिनियर रेजिडेन्सीको पदबाट जागिर सुरु गर्नु भएको थियो ।
त्रिभुवन शिक्षण अस्पतालबाट एमबीबीएस गर्नु भएका श्रेष्ठले हाडजोर्नी विषयमा भने एमएस अर्थोपेडिक्स पोस्ट ग्राजुएट मेडिकल इन्स्टिट्युट लाहोर, पाकिस्तानबाट सन् २००० मा गर्नु भएको थियो । सन २०१२ देखि २०१७ सम्म बीपी प्रतिष्ठानको शिक्षाध्यक्ष, बीपी प्रतिष्ठानको योजना, अनुगमन र मूल्याङ्कन कमिटिका संयोजक , हाडजोर्नी विभाको विभागीय प्रमुख, गुणस्तर नियन्त्रण संयोजक, कार्यकारिणी सदस्य, एकेडेमिक कमिटि सदस्य भई, प्रशासनिक काममासमेत अव्वलता हासिल गर्नु भएको छ । उहाँले विभिन्न मुलुकहरुबाट फेलोसिप लिएर चिकित्सकीय सिप हासिल गर्नु भएको छ । विभिन्न देशहरुमा पुगेर हार्डजोर्नी सम्बन्धि प्रस्तुतीसमेत दिनु भएको छ ।
उहाँले धरानमा स्वास्थ्य जनचेतना कार्यक्रम पनि गरिरहनु भएको छ । श्रेष्ठले आमा साधनादेवीको नाममा सन् २०१४ देखि नगद १ लाख रुपैयाँ राशिको ‘साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार’ बर्सेनि प्रदान गर्दै आउनु भएको छ । उहाँले आफ्नो बाबु भागवतप्रसाद श्रेष्ठको नाममा धरान बाहिरबाट आएका कुरुवाका सुविधाका लागि प्रतिष्ठानभित्र ०६७ सालमा २ करोड २५ लाख रुपैयाँ लागतमा भागवतप्रसाद श्रेष्ठ स्मृति धर्मशाला निर्माण गरिदिनु भएको छ । उहाँले विभिन्न कलेज, विद्यालयहरुमा छात्रवृत्तिसमेत स्थापना गरिदिनु भएको छ ।