धरान / स्वास्थ्य तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले चार वटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका आवेदकबाट सर्टलिष्ट सार्वजनिक गरेको छ ।
चार प्रतिष्ठान मध्य सबैको ध्यान खिचिएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि १३ जनाबाट सर्टलिष्ट गरेर छ जनाको नाम सार्वजनिक गरेको छ ।
छनौटमा परेकाहरुमा प्रा.डा. कृष्णकुमार राई, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. रामेशराज कोइराला, प्रा.डा. रोहितप्रसाद यादव र प्रा.डा. पशुपति चौधरी रहनु भएको छ । राई कोइराला र यादव बाहेक अन्य चिकित्सक प्रतिष्ठानका वरिष्ट डाक्टरहरु हुन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा गेहनाथ बराल, प्रा.डा. पवनकुमार शर्मा, प्रा.डा. दिपक थापा मगर, प्राडा. बिष्णुप्रसाद शर्मा, प्राडा. बुद्धिप्रसाद पौडेल, प्राडा. श्रीजना श्रेष्ठ छानिनु भएको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. अर्जुन आचार्य, पडा. चण्डिका पण्डित, प्राडा. नारायणसिंह गुरुङ, प्राडा. विधाननिधी पौडेल, प्राडा. भरतबहादुर खत्री र प्राडा. माया लामा छानिएका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. सूर्यमान मेन्याङ्बो, प्राडा. श्रीकृष्ण गिरी, सहप्राध्यापक डा. एलिजा श्रेष्ठ, डवलबहादुर धामी, पुजनकुमार रोकया र पवनजङ्ग रायमाझी छानिनु भएको छ । उहाँहरु मध्यबाट स्वास्थ्य मन्त्रीले तीन जान सिफारिस गरे पछि प्रधानमन्त्रीले तनिबाट छानेर एक जनालाई उपकुलपतिमा नियुक्ति गर्ने प्रावधान रहेको छ ।