धरान / ब्राह्मण समाज नेपाल अन्तर्गत इटहरी उपमहानगर पालिका समिति गठन भएको छ । बिहीबार इटहरीको तरहरामा भएको नगर भेलाले घनश्याम बरालको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समाजका सुनसरी अध्यक्ष वासुदेव बरालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सचिव सनत बरालले समाज गठनको उद्देश्य र वर्तमान आवश्यकताबारे जानकारी गराउनु भयो । सरकारमा अधिकांश व्यक्तिहरू ब्राह्मण नै पुग्ने भए पनि राज्यले ब्राह्मणहरूलाई विभेद गरेको बरालले बताउनु भयो । जातीय वर्गिकरणमा ब्राह्मण र क्षेत्रीलाई जातविहीन गरेर अन्यमा राखेको र राज्यबाट पाउनु पर्ने सुविधामा वञ्चित गर्न खोजिएकोले समाज निर्माण गर्नु परेको उहॉको भनाइ थियो ।
अधिबेशन बाट उपाध्यक्षमा लोचना निरौला घिमिरे, सचिवमा रेवती भट्टराई, सह सचिवमा सजना दाहाल र कोषाध्यक्षमा दुर्गाप्रसाद पोखरेल चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरूमा पूजन सुवेदी, रीता कोइराला, जानुका पोखरेल, धात्रीप्रसाद घिमिरे, राधा आचार्य रिजाल, अच्युत चापागाई, लिलाभक्त दाहाल, मेनुका सुवेदी र पुण्यप्रसाद पोखरेल चयन भएको निर्वाचन समितिका संयोजक खड्ग नारायण ढुंगानाले जानकारी दिनु भयो ।