धरान ।   धरान–१८ स्थित  डिपो स्कूलको आयोजनामा विहिवारदेखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उद्घाटन खेलमा प्रभात स्कूल, आइडल स्कूल, कार्मेल स्कूल र हिमशिखर स्कूल तरहरा विजयी भएका छन् । 

        कोशी प्रदेश सभा सदस्य विजयकुमार राईको प्रमूख आतिथ्यमा सम्पन्न उद्घाटन खेलमा प्रभात स्कूललले तेस्रो संस्करणका विजेता सियोन स्कूललाई ३०–२५ अंकको अन्तरले पराजित गरेको छ । खेलको पहिलो क्वाटरमा प्रभात स्कूल ११–९ अकले अघि रहे । दोस्रो क्वाटरमा सियोन स्कूलले ९–७ अंकको अग्रता वनाउदै मध्यान्तर सम्ममा समान १८–१८ अंक जोड्दै वरावरी अंक वनाएका थिए । तेस्रो र चौथो क्वाटरमा भने प्रभात स्कूलले ६–३ र ६–४ अंकको अग्रता वनाउदै गत सालका विजेता सियोन स्कूललाई पराजित गर्दै प्रतियोगितामा अघि वढेको छ । सियोन पहिलो चरण वाट नै वाहिरिएको छ । उद्ध्घाटन खेलको म्यान अफ द म्याच सियोन स्कूलका खानुहाङ राई घोषित भए । तेस्रो संस्करणमा सियोनले प्रभात स्कूललाई नै फाइनलमा पराजित गर्दै उपाधि चुमेका थिए ।


यसैगरि सोही दिन भएको अन्य खेलमा आइडल स्कूलले दिल्ली पव्लिक स्कूललार्इ २६–१०, काम्रेल स्कुलले व्राइट प्mयुचर स्कूल मोरङलाई ५०–९ र हिमशिखर स्कूल तरहराले माउण्ट हर्मन स्कूललाई ४०–१३ अंकको अन्तरले पराजित गरेको छ । खेलमा आइडल स्कूलका किरण पौडेल, कार्मेल स्कूलका प्रत्युस भुजेल र हिमशिखर स्कूलका नियोन राई म्यान अफ द म्याच घोषित भए । 

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राई र कार्यक्रमका अध्यक्ष तथा  डिपो स्कूल व्यावस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । 

       

      प्रतियोगितामा आयोजक टिमसहित इस्ट होराइजन वोर्डिङ्ग स्कूल झापा, ग्रीनफिल्ड वल्र्ड स्कूल झापा, लिटल प्mलावर स्कूल झापा, हिमशिखर स्कूल तरहरा, पूर्वाञ्चल वोर्डिङ्ग स्कूल तरहरा, प्यारडाइस वोर्डिङ्ग स्कूल तरहरा, माउण्ट हर्मन स्कूल, काम्रेल स्कूल, व्राइट प्mयुचर स्कुल मोरङ, समिटि स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा स्कुल, दिल्लि पव्लिक स्कुल, आइडल स्कुल, प्रभात स्कूल, सियोन स्कूल र धरान मेघा हिमालयन स्कूल गरि १८ टिमले सहभागिता जनाएको छ ।  

   

     प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउका छन् । डिपो स्कूललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपूर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मरण गर्दै उनको सम्मानमा विगत चार वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको प्रतियोगिता संयोजक डिपो स्कुलका व्यवस्थापन समिति सदस्य खड्कसमशेर लिम्वुले जानकारी दिनु भयो । 


भोलीको खेल डिपो स्कूल र प्याराडाइज स्कूल तरहरा, प्रभात स्कूल र धरान मेघा हिमालयन स्कूल, युनाइटेड गोर्खा र लिटल प्mलावर्स झापा, इस्ट होराइजन झापा र पूर्वाञ्चल वोर्डिङ स्कूल तरहरा, सुनाखरि स्कूल र ग्रिनफिल्ड स्कूल झापा र कार्मेल स्कूल र समिट स्कूल विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।