धरान / भोजपुर सुनसरी सेवा समाजले बहुउपयोगी भवन निर्माणका लागि ‘भीषण मुकारुङ एकल साँगितिक साँझ २०८२’ को आयोजना गर्ने भएको छ।
समाजले मंगलबार पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिएको छ । यही भदौं २८ गते धरान–१५ स्थित चुम्लुङ भवनमा साँगितिक साँझ गरिने आयोजकले जनाएको छ ।
समाजले हाल बहुउपयोगी भवन निर्माणको अभियान थालेको छ। आफ्ना सदस्यहरूको सेवा र समाजका विभिन्न कार्यक्रम सञ्चालनका लागि भवन निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै आर्थिक संकलनका लागि साँगितिक साँझ गर्न लागिएको समाजका अध्यक्ष रेवतीरवण राई जानकारी दिनु भएको छ । धरान १५ नं. वडा कार्यालयसँगको सहकार्यमा जग्गा व्यवस्थापन गरिएको छ । उक्त जग्गामा कार्यालय भवन निर्माणका लागि अभियान सुरु गरिएको अध्यक्ष राईले जानकारी दिनु भयो ।
आयोजकका अनुसार कार्यक्रममा गायक भिषण मुकारुङले एकल प्रस्तुति दिनुहुने छ । १५ वटा भन्दा बढी नयाँ पुराना गितहरु साँझ प्रसतुत गर्ने पत्रकार सम्मेलनमा मुकारुङले जानकारी दिनु भयो । संस्थाले सहयोग स्वरूप आउने सबै रकम भवन निर्माणको कोषमा खर्च गरिने समाजका सचिव भुवनसिंह बस्नेतले जानकारी दिए । समाजले पत्रकार सम्मेलन मै करिव ८५ लाख बराबरको टिकट बनाइएको भन्दैं सार्वजनिक समेत गरेको छ ।
‘यो साँझ केवल मनोरञ्जनका लागि मात्र होइन, समाजको साझा धरोहर निर्माणको सपना साकार पार्न सबैको एकताबद्ध प्रयास हो।’–अध्यक्ष राईले भन्नु भयो–‘सबैको सहयोगको हामीलाई खाचो छ ।’
भोजपुरमा जन्मेर अध्ययनका लागि र जिविकोपार्जनका लागि सुनसरी आएर अस्थायी या स्थायी बसोबास गदैं आएका भोजपुरवासीहरुले उक्त संस्था सुरु गरेका हुन । उक्त संस्थाले विभिन्न सामाजिक कार्य गदैं आएको छ ।