धरान / यही असार ३० गते सम्पन्न सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको छ । श्रेष्ठले आफ्ना प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई ९५८ मतले पछि पार्दै १६०५ मत प्राप्त गर्नुभयो। शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गर्नु भएको छ ।
उद्योग तर्फ सदस्य पदमा कृष्णप्रसाद पाठकले, प्रभाव खतिवडा, विष्णु बराल, महेन्द्र प्रधान विजयी हुनु भएको छ । यस्तै वाणिज्यतर्फ महिला सदस्यमा वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै विजयी हुनु भयो ।
एसोसिएट सदस्यतर्फ ललित अग्रवाल, राजु साह र राजेश अग्रवाल विजयी हुनु भयो । उद्योग तर्फ महिला सदस्यमा मीना राई (मगर) र बस्तुगत सदस्य पदमा नवीनकुमार तामाङ तथा नारायण लिम्बू निर्विरोध निर्वाचित हुनुभएको थियो । अध्यक्षसहित २० पदका लागि निर्वाचन भएको थियो । पदाधिकारी भने निर्वाचित सदस्यहरुबाट संघको पहिलो बैठकले चयन गर्ने छ ।
को हुन गोपाल श्रेष्ठ ?
उद्योग व्यवसायको क्षेत्रमा एउटा स्थापित नाम हो गोपाल श्रेष्ठ । व्यवसायिक सफलताको यात्रालाई सामाजिक सेवासँग जोड्दै अगाडि बढिरहेका श्रेष्ठ अहिले सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्नु भएको छ । २०२३ साल भदौ १६ गते जन्मनु भएका श्रेष्ठ हाल धरान उपमहानगरपालिका वडा नं. १२, छिमेकी लाइनमा बसोबास गर्दै आउनु भएको छ । दीर्घकालीन उद्योग अनुभव, नेतृत्व क्षमता र समर्पित सामाजिक योगदानका कारण उनी धरान तथा सुनसरी जिल्लाको व्यवसायिक नेतृत्वका एक योग्य पात्रका रूपमा स्थापित छन् ।
व्यवसायिक यात्रा
गोपाल श्रेष्ठका धेरै व्यवसायहरू छन् । फुटपाथबाट उदाएका श्रेष्ठ सफल नेतृत्व, इमान्दारी र स्वाभिमानपनले उचाईतिर लम्किरहनु भएको छ । २०४७ सालमा सानो चिया पसलबाट व्यवसाय सुरु गर्नु भएका श्रेष्ठ यति बेला अरुण पेट्रोलियम ट्रेडिङ्ग सेन्टर, धरान प्रिन्टिड प्रेस, अपुश्री इन्टरप्राइजेज प्रालि., रामपुर आयल सेन्टर, विष्णु दुबानीलगायत दर्जनौ कम्पनिका मालिक हुनुहुन्छ । उहाँले सयौंलाई रोजगारीसमेत दिदैं आउनु भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघमा योगदान
गोपाल श्रेष्ठ आफ्नो व्यवसायमा मात्र समय लगानी गर्नु भएको छैन्, उहाँले उद्योगी व्यापारी, व्यवसायी हकहितका लागि पनि उतिकै समय दिदैं आउनु भएको छ । उद्योग वाणिज्य संघसँग २०४७ सालदेखि सदस्यता लिएर आजसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै आइरहनु भएको छ । सरकार, व्यवसायी र सामाजिक संघ संस्थाहरुसँग सहकार्य गदैं व्यवसायी, उद्योगीहरुको हकगितामा लड्ने सुनसरी उद्योग बाणिज्य संघमा २०६४ सालदेखि सदस्य हुँदैं, सल्लाहाकार, उद्योग सचिव, कोषाध्यक्ष, प्रथम उपाध्यक्षको जिम्मेवारी कुसलतापूर्वक सम्मालि सक्नु भएको छ । यी जिम्मेवारीमार्फत उहाँले संघको नीतिगत सुधार, उद्योग व्यवसायमैत्री वातावरण सृजना, सदस्यहरूको हित संरक्षण तथा संस्थागत स्थायित्वमा उल्लेखनीय योगदान गर्नु भएको छ । संघको कार्यकारी पदमा रहेर लामो अनुभव संगाल्नु भएका श्रेष्ठ यही असार ३० गते हुने सुनसरी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
सामाजिक संलग्नता
गोपाल श्रेष्ठको कार्य केवल उद्योगको सीमामा सीमित छैन । उहाँ विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहदैं आउनुभएको छ । उहाँ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको केन्द्रीय सदस्य, पूर्वााञ्चल पेट्रोलियम दुबानी व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष, पेट्रोलियम डिलर्स एसोसिएसन, कोशीको कोषाध्यक्ष, आसरा सुधार केन्द्र, धरानको सञ्चालक समिति सदस्य, सुनसरी जिल्ला गल्फ संघको कार्यसमिति सदस्य, नेवाः देय दवु, धरानको सल्लाहाकार भएर काम गरिरहनु भएको छ ।
यी भूमिकाबाट उहाँले व्यावसायिक क्षेत्रसँगै सामुदायिक स्वास्थ्य, भाषा, संस्कृति तथा सामाजिक सद्भावमा पनि योगदान र्पुयाइरहनुभएको छ ।
श्रेष्ठको आगामी यात्रा
गोपाल श्रेष्ठको नेतृत्वमा व्यवसायिक अनुशासन, सेवा प्रवाहमा पारदर्शिता र सदस्यहरूको हकहित सुनिश्चित गर्ने प्रयास सदैव देखिन्छ । अध्यक्षमा विजय िभइसके पछि उहाँले थप प्रभावकारी नीतिहरू ल्याएर सुनसरी उद्योग वाणिज्य संघलाई आधुनिक, उत्तरदायी र समावेशी संस्थाको रूपमा स्थापित गर्ने बताउनु भएको छ । व्यवसाय विकास र समाज सेवा एकसाथ अघि बढ्नुपर्छ भन्ने मूलमन्त्रमा अडिग श्रेष्ठको कार्यशैली धरान र सुनसरीका उद्यमी तथा व्यवसायीका लागि प्रेरणाको स्रोत बनेको छ ।
उहाँल हरेक व्यवसायीको आर्थिक र सामाजिक सुरक्षाका लागि डिजिटल प्रविधीमैत्री संघ बनाउने योजना कााधमा आएको बताउनु भएको छ । संघमा यस अघि नेतृत्व लिनुभएका अग्रजहरुको छुट्टै समिति बनाएर संघको हरेक गतिविधीमा सहभागिता गराउने उहाँल् प्रतिवद्धता जनाइसक्नु भएको छ । उहाँहरुको अनुभव र मार्गदर्शनबाट संघलाई शक्तिशाली बनाउन सकिने र अधिकतम व्यवसायीको हित गर्न सकिने उहाँको बुझाई छ । स्थानीय, संघ र प्रदेश सरकार र उद्योगी व्यवसायीविचको पुलको का मगर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।