धरान / धरान–१८ स्थित डिपो स्कुलको आयोजनामा विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप यही साउन १५ देखि हुने भएको छ ।
विद्यालयले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको छ । सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा हुने प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले जानकारी दिनु भयो । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
विद्यालयका पूर्व अध्यक्ष स्व. मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा प्रयोगिता आयोजना गर्न लागिएको हो ।