धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन दवावका लागि स्थानीय राजनीतिक दलहरुका ेनेताहरुले प्रतिपक्ष दलका नेतादेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानबाट राजधानी पुगेको टोलीले ज्ञापन पत्र बुझाएको छ । यसअघि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापालाई ध्यानकर्षण गराएका थिए ।
सरकारले ‘एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ जारी गर्दै बीपी प्रतिष्ठानसहित देशका विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्नखोजेपछि धरानका राजनैतिक दलहरु त्यसको विपक्षमा लभिङ गर्न राजधानी पुगेका हुन ।
प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै बिहबिार प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । शनिवार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटने कार्यक्रम रहेको टोलीमा संलग्न नेकपा एमालेका नेता भीमज्वाला राईले जानकारी दिनु भयो ।
सर्वदलीय टोलीमा नेकपा ९एमाले० कोशी प्रदेश सदस्यहरु भीमज्वाला राई र मैसम राई, नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा ९माओवादी केन्द्र० धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू रहेका थिए । टोलीमा नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा नेपाली काग्रेसका युवा नेता तथा यातायात व्यवसायी नेता सरोज सिटौला धरान उपमहानगर १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई ९मनोज० लगायत सहभागी रहनु भएको थियो ।