धरान / नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४६ औं स्थापना दिवसको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरिएको छ । 

धरान उपमहानगर कमिटीले आयोजना गरेको  रक्तदान कार्यक्रममा ८५ पिन्त रगत संकलन गरिएको धरान उपमहानगर कमिटी अध्यक्ष किरण थापाले जानकारी दिनु भएको छ ।  

संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार देशभरी एकै दिन ४ सय ६९ पिन्ट रगत  संकलन भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबैभन्दा बढी कोशी प्रदेशको चार स्थानमा रक्तदान गरेर २ सय ६ पिन्ट संकलन गरेको छ । उहाँका अनुसार धरानले ८५ पिन्ट, विराटनगर महानगर कमिटीले २९ पिन्ट, मेची राजमार्ग ट्रक इकाई र विर्तामोड नगर कमिटीबाट ५८ पिन्ट र इटहरी उपमहानगर कमिटीको तर्फबाट ३४ पिन्ट रक्तदान गरिएको हो । 

२०३६ साल असार ९ गते स्थापना भएको संगठनको ४६ औँ स्थापना दिवस दिवसलाई लक्षित गर्दै संगठनले केन्द्रीय कमिटीले देशव्यापी सप्ताहव्यापी कार्यक्रम तय गरेको अध्यक्ष राईले बताउनु भयो । 

raktadan