धरान /  धरान ९ पुतली लाइनमा रहेको व्रिज इन्टरनेशनल कन्सल्टेन्सी प्रालिले समाजमा विभिन्न  क्षेत्रमा योगदान पुर्याएको भन्दैं  धरानका छ जना युवाहरुलाई सम्मान गरेको छ ।

कन्सल्टेन्सी प्रालिले बिहिवार आयोजित स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा बास्केटवल खेल क्षेत्रमा विशेष योगदान पुर्याए वापत बास्केटवलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, ग्रास रुटवाट फुटवल खेलाडी उत्पादन गरिरहेका फेयर फुटवल एकेडेमिका संचालक एवं प्रशिक्षक अमृत राई, जोन एण्ड लोकलका गिटारिस्ट श्रीहाङ राई (स्टिभ), उदयीमान गायक छिरिङ तामाङ, कागज प्रोडक्सनका सिनेमेटोग्राफर अनिस थेवे र डाइरेक्टर अर्सु श्रेष्ठ रहनु भएको छ । उहाँहरुलाई कन्सल्टेन्सी प्रालिलेका निर्देशक निर्णय निरौलाले सम्मान गर्नु भयो ।  

व्रिजले प्लस टु र व्याचलर अध्ययन सकेका विद्यार्थीहरु जो देश वाहिर अध्यनका लागि जान इच्छुक छन, उनीहरुलाई परामर्श गर्नका लागि स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको आयोजना गरिएको व्रिजका निर्देशक निरौलाले वताउनु भएको छ । उनीहरुलाई परामर्श गर्नका लागि युके र अष्ट्रेलियाका विस वटा भन्दा वढि युनिभर्ससिटिका कन्ट्री डाइरेक्टर एन्ड्रियु रोर्वटसन र स्टक व्रसेलले परामर्श दिइरहेको निरौलााले जानकारी दिनु भयो । कार्यक्रममा धरानका दुई सय भन्दा वढि विद्यार्थीले सहभागिता जनाएका छन् ।

व्रिजमा विदेश पढ्न जाने विद्यार्थीहरुका लागि आइइएलटिएस र पिटिइ पढाइ हुने प्रशिक्षक मनकुमार लिम्वुले जानकारी दिए । यहि जेष्ठ १ गते देखि धरानमा सुरु भएको व्रिज कन्सल्टेन्सीको देशभर १६ वटा शाखा रहेका छन् ।