धरान  /  धरान–१८ स्थित डिपो स्कुलमा खुला व्यामशाला निर्माण गरिएको छ । धरान १८ वडा कार्यलयको विशेष सहयोगमा निर्माण गरिएको खुला व्यामशालाको शुक्रवार कार्यक्रमका प्रमुख अतिथि १८ नं.वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई(प्रविण) र डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरवहादुर लिम्वुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भयाे  । 

व्यामशाला करिव साढे सात लाख रुपैयामा निर्माण सम्पन्न गरिएको विद्यालयका प्राचार्य राजकुमार राईले जानकारी गराउँनु भयाे । ५ लाख रुपैया १८ नं. वडा कार्यलयवाट र वाँकी रकम विद्यालयले सहकार्य गरेको प्रमुख राईले वताउँनु भयाे ।  विद्यार्थीको मानसिकसँगै शारिरिक रुपमा पनि शसक्त्त वनाउनका लागि खुला व्यामशाला निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष  लिम्वुले बताउनु भयाे ।