विराटनगर । कोशी प्रदेशको नीति तथा कार्यक्रम कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज सार्वजनिक गर्नु भएको छ । आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।
कोशी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सोमबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा प्रदेश संरचनाको महत्त्व र आवश्यकतालाई केन्द्रमा राखी सङ्घीय व्यवस्थालाई सुदृढ गर्ने मुख्य लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रममा कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत, पर्यटन पूर्वाधार विकास एवम् प्रवर्द्धन गर्दै राष्ट्रिय पुँजीको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।