धरान / धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा जारी १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थी र प्रशिक्षकहरुलाई जर्सी प्रदान गरिएको छ ।  

धरान १६ स्थित धरान रंगशालमामा रहेको इन्डोर बास्केटवल कोर्टमा वुधवार विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको थियो । सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुले जर्सी  हस्तान्तरण गर्नु भएको थियो । टया्लेन्ट हन्टका प्रशिक्षकहरुलाई जर्सीसंगै प्राविधिक सामानसमेत प्रदान गरिएको थियो । बास्केकटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्देश्यले बास्केटवल संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । 

विशेष गरेर एसईई दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा देखिका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । ट्यालेन्ट हन्टमा सहभागी एसईई दिएका उत्कृष्ट विद्यार्थीहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृत्तिमा सिफारिस गरिने सुनसरी बास्केटवल  संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो । 

यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष खेलाडीहरुलाई धरान मेघा हिमालयन कलेज र  डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृत्तिमा सिफारिस गरि उनीहरु निःशुल्क अध्ययन गरिहेका छन् । प्रशिक्षण जेठ पहिलो साता सम्म चल्ने बास्केटवलका राष्ट्रिय प्रशिक्षक विकास राईले जानकारी दिनु भयो ।